प्रमुख समाचार

एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह एक करोड ३५ लाख ठगेर फरार भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह ६ दिनदेखि फरार भएका हुन् । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर आफूहरुलाई झुक्याइएको बचतकर्ताहरूको आरोप छ । बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् । उनले बचतकर्ताहरूलाई थाहा नै नदिएर अर्को खातामा पैसा ट्रान्सफर गर्ने गरेको आरोप छ । स्रोतका अनुसार शंकास्पद देखिएपछि बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ । रकम हिनामिना…
Read More
बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाडौं । हंगेरीकी राष्ट्रपति केट्लिन नोवाकले राजीनामा दिएकी छन् । बालबालिकाको यौन शोषण अभियोगमा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफी भएकोमा खेद व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन् । गत साता एक सरकारी बालगृहका निर्देशकमाथिको साजय माफी गरेकी थिइन् । ती निर्देशकले यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाब दिएका थिए । राष्ट्रपतिको सजाय माफी सम्बन्धी निर्णयलाई लिएर हंगेरीमा लगातार विरोध र आलोचनासँगै उनको राजीनामा समेत मागिएको थियो ।
Read More
टुँडिखेलबाट प्रधानमन्त्रीको आह्वान–आन्दोलनका बाँकी कार्यभार पूरा गर्न परिवर्तनका पक्षधर गोलबन्द हुनूस्

टुँडिखेलबाट प्रधानमन्त्रीको आह्वान–आन्दोलनका बाँकी कार्यभार पूरा गर्न परिवर्तनका पक्षधर गोलबन्द हुनूस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए। उनले भने–‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्। फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन् ।’ पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने–‘क्रान्तिकारी शक्ति, पार्टी…
Read More
एक खेल अघि नै नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज

एक खेल अघि नै नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज

काठमाडौं । नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै जितेको छ । आज त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो। नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ। २८६ रनको लक्ष्य नेपालले कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा क्याडाविरूद्धको खेल २९ बल बाँकी छँदै पूरा गरेको हो। नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले…
Read More
ट्राफिक प्रहरीले खोजिदियो दुई सय ५२ वटा मोटरसाइकल

ट्राफिक प्रहरीले खोजिदियो दुई सय ५२ वटा मोटरसाइकल

काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको हो । ट्राफिक प्रहरीले खोजिदियो दुई सय ५२ वटा मोटरसाइकल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी साधनधनीलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबार १७ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ । प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका १२ वटा…
Read More
प्रशासनिक ढंगले अब माओवादी चल्दैन : लेखनाथ दाहाल

प्रशासनिक ढंगले अब माओवादी चल्दैन : लेखनाथ दाहाल

काठमाडौं । माओवादीका केन्द्रीय सदस्य लेखनाथ दाहालले प्रशासनिक ढंगले अब माओवादी चल्न नसक्ने बताएका छन् । प्रस्तावित मस्यौदा विधान २०८० को अवधारणामाथि विमती राख्दै उनले विधान संशोधन हुनुपर्ने बताएका हुन् । मस्यौदामाथि स्थायी समितिमा बहस चलिरहेको बेला प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राखेका छन् । ‘राजनीति प्रशासनिक वा कानुनी विषय होइन । नेतृत्वले कानुनी र प्रशासनिक ढंगले चलाउन खोज्नुभएको छ, त्यसरी अब चल्दैन । राजनीति तत्काल परिस्थितिले पैदा गर्ने जटिलताको गाँठा फुकाउँदै जाने हो । आवश्यकता र आकर्षणको समिलन हो नेतृत्व’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मस्यौदाको अवधारणाप्रति नै मेरो विमति छ । पार्टी विचारले चल्ने हो । यो जनयुद्धकाल…
Read More
फागुन १ गते पूर्वराजाको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोजौं

फागुन १ गते पूर्वराजाको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोजौं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानका संयोजक दुर्गा प्रसाईले फागुन १ गते आफ्नो हुने कार्यक्रममा सहभागी हुन देशवासीलाई आह्वान गरेका छन्। कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मेडिकल व्यवसायी समेत रहका प्रसाइले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताए। उनले भने–‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिती हुन्छ भन्ने आशा गरेको छु। सबै नेपालीहरुको उपस्थितीमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं। तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं। सै पनि एमाले मै पनि एमाले भन्ने गीत बजारमा हराइसक्यो।’ प्रसाईंले व्यवस्था उल्ट्याउने घोषणासहित आन्दोलन गर्दै आइरहेका छन्। पूर्वराजालाई…
Read More
क्यानडाविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् । उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
Read More
पाकिस्तानको चुनावी नतिजाबिच सेना प्रमुखले भने, ‘स्थिर सरकारको आवश्यकता छ’

पाकिस्तानको चुनावी नतिजाबिच सेना प्रमुखले भने, ‘स्थिर सरकारको आवश्यकता छ’

इस्लामाबाद । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले आम चुनाव २०२४ सफल रूपमा सम्पन्न भएकोमा जनतालाई बधाई दिएका छन्। उनले अराजकता र विभाजनको राजनीतिबाट देशलाई अगाडि बढाउन स्थिर सरकारको आवश्यकता रहेको बताए । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार सेना प्रमुखले २५ करोड जनसंख्या भएको विकासशील पाकिस्तानका लागि विभाजन र अराजकता राम्रो नभएको बताए । उनले चुनाव जित–हारको कुरा नभएर जनताको जनादेश निर्धारण गर्ने अभ्यास भएको बताए । मुनीरले राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थ छाडेर सरकार र जनताको सेवा गर्ने प्रयास गर्नुपर्ने बताए । लोकतन्त्रको वास्तविक अर्थ यही भएको उनको जिकिर थियो । यो पनि पाकिस्तान चुनाव :…
Read More
प्रधानमन्त्री प्रचण्डले भने – कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ

प्रधानमन्त्री प्रचण्डले भने – कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ

प्रधानमन्त्री प्रचण्डले भने – कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले व्यापार प्रवर्द्धन लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए । आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात् नेपाल–चीनबिचको अन्तर्देशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको दाबी…
Read More
Page 15 of 125
1 … 13 14 15 16 17 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.