प्रमुख समाचार

बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । पछिल्लो समय बैकिङ प्रणालीमा तरलता बढ्दै जाने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो…
Read More
पाकिस्तानमा नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको घोषणा

पाकिस्तानमा नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको घोषणा

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सेहबाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो र आसिफ अली जर्दारीबीच भेटवार्ता पछि दुवै दलले देशमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । लाहोरस्थित बिलावल हाउसमा दुई दलबीच भेटवार्ता भएको थियो । दुई दलबीच राजनीतिक परिस्थितिबारे कुराकानी गरेका थिए । सरकार गठनका कसरी गर्नेभन्नेबारे दुबै दलबीच छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्ति अनुसार मुस्लिम लिग (एन) र पिपुल्स पार्टीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ । भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यबारे पनि छलफल भएको थियो । मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले…
Read More
कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय स्वदेश फर्किए

कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय स्वदेश फर्किए

काठमाडौ‌ । मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ । नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको हो । उनीहरु सोमबार बिहान दिल्ली विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो। दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो ।
Read More
पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक…
Read More
कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

सुर्खेत । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् । विशेष गरी नेकपा (माओवादी केन्द्र)ले जितेको पालिकाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएका छन् । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन्…
Read More
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत श्रोतका अनुसार बाँसबासी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौंलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि…
Read More
सडक डिभिजन कार्यालयमा आगलागी : पोर्चुगल जान लागेका युवाको डकुमेन्टसहित पैसा पनि जल्यो

सडक डिभिजन कार्यालयमा आगलागी : पोर्चुगल जान लागेका युवाको डकुमेन्टसहित पैसा पनि जल्यो

काठमाडौं । बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको हो । कार्यालयमा रहेको निवासमा आगलागी हुँदा पैसा पनि जलेको छ। प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको हो। कति रकम जल्यो यकिन भइसकेको प्रहरीले जनाएको छ । उनकाअनुसार सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई. नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको हो। भण्डारीको निवासमा अर्कै एक जना युवक बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार पोर्चुगलमा जान लागेका ति युवा युवकका कागजातहरू पनि जल्यो…
Read More
कटुवा पेस्तोलसहित यादव पक्राउ

कटुवा पेस्तोलसहित यादव पक्राउ

काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ स्थितबाट पेस्तोल एक थानसहित औरही गाउँपालिका–४, कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव पक्राउ परेका हुन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका–३ का २२ वर्षीय संजितकुमार यादव समेतसँग विवाद भएको थियो । प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट पेस्तोल फेला पारेको वडा प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
Read More
छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, झण्डै ८० करोड राजस्व संकलन

छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, झण्डै ८० करोड राजस्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट रु १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट रु आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट रु नौ करोड ३८ लाख…
Read More
विश्वप्रकाश शर्माले भने – रुसी सेनामा भर्ना भएका नेपालीको छिटो उद्धार गरौँ

विश्वप्रकाश शर्माले भने – रुसी सेनामा भर्ना भएका नेपालीको छिटो उद्धार गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउनसमेत सरकार चुकेको आरोप लगाए । रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको उनको भनाई छ । रूसी सेनामा भर्ती भएका तर अहिले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बैठकमा जानकारी गराए । अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ । रूसी…
Read More
Page 13 of 125
1 … 11 12 13 14 15 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.