काठमाडौं । महाराष्ट्र राज्यको राजधानी मुम्बईमा रहेको अमेरिकी महावाणिज्य दूतावास कार्यालयमा हमला गर्ने धम्की आएको छ । यो धम्की दूतावासको आधिकारिक इमेलमा आएको बताइएको छ ।
प्रेषक अमेरिकाबाट भागेका एक व्यक्ति भएको अनि उनीविरुद्ध अमेरिकामा कयौँ गम्भीर मुद्दा चलिरहेको बताइएको छ । यस मामिलामा प्रहरीले नाम नखुलाइका ती व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्दै छानबिन सुरु गरेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफूसँग व्यक्तिगत रूपमा माफी माग्नु पर्ने अनि आफू विरुद्ध चलेको सबै १९ वटा मुद्दा खारेज गर्नुपर्ने माग मेलमा आरोपीले गरेका छन् ।
यस्तो भएन भने भारतमा रहेको अमेरिकाको वाणिज्य दूतावासलाई बमले उडाइदिने धम्की दिइएको छ । यो मेल मुम्बईको बाँद्रा कुर्ला कम्प्लेक्स क्षेत्रमा रहेको अमेरिकी दूतावासलाई फेब्रुअरी ९ को ३ः५० बजेतिर आएको हो ।
यस विषयमा सूचना पाएपछि मुम्बईस्थित बीकेसी पुलिस स्टेशनले एक अज्ञात व्यक्ति विरुद्ध आईपीसीको धारा ५०५ (१) (बी) र धारा ५०६ (२) अन्तर्गत मुद्दा दायर गरेको छ । उनीमाथि जनतामा त्रास वा आतंक फैलाउने उद्देश्यले बयान दिएको अनि राज्यको सार्वजनिक शान्तिमा खलल उत्पन्न गर्ने प्रयास गरेको आरोपमा लगाइएको छ ।
यो मेल क्यालिफोर्नियामा जन्मेका भारतीय मूलका अमेरिकी नागरिकले पश्चिम बंगालको कोलताकाबाट पठाएको प्रारम्भिक छानबिनको क्रममा थाहा भएको छ । हालसम्म प्रहरीले यस घटनामा कसैलाई पनि पक्राउ गरेको छैन । एजेन्सीको सहयोगमा
Related posts:

चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीतिमा

नाकाबन्दी प्रयोग गरेर बेइजिङद्वारा आक्रमण बिना ताइवानको सरकारलाई दबाब दिन प्रयास

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष अधिकारीले एक वर्षमा केके काम गरे ?

समृद्धि र सम्पन्न वडा बनाउदैं अध्यक्ष खनाल

