Share Icon

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले केहीले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला गरिरहेको बताएका हुन् । अध्यक्ष ओलीले नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको पनि बताए ।

यसरी बैंक डुबाएर देशमा भइरहेका आयोजनाहरू पनि कोल्याप्स पार्ने प्रयास भइरहेको उनले बताए।

उनले भने–‘एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने। एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने। त्यस प्रकारका प्रयासहरू भएका छन् ।’

त्यसविरूद्ध लड्न सरकारसँग कुनै सोँच नभएको पनि उनले बताएका छन्।

Facebook Comments Box

Share Icon