प्रमुख समाचार

सात महिनामा आयो २८ अर्बको खाद्यान्न

सात महिनामा आयो २८ अर्बको खाद्यान्न

काठमाडौँ । चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो । गत वर्ष सात महिनामा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो करिब ४९ अर्ब रुपैयाँ कम हो । साउनयता नेपालबाट ६८ लाख १८ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालले २८ अर्ब २० अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा भएको छ । खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले १अर्ब ७९ करोड ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालमा अर्जेन्टिना,…
Read More
सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी र लघुवित्तका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई सिंहदरबार बोलाएर छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनमा सरकारले आवश्यक पहल गरिरहेको बताए । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै…
Read More
७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं नै फर्किएको छ । बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर पोखराका लागि उडेको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ । पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।
Read More
पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

झापा । झापामा गत शुक्रबार आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो। फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो। मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए।
Read More
राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । राष्ट्र बैंक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको दाबी गरेको हो । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी भइरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बताएको छ । राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रममा पार्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न समेत आग्रह गरेको छ ।
Read More
ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली

ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन् । उनले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताए । उनले भने, ‘अहिले गएको राजतन्त्र नक्कली हो, सक्कली राजतन्त्र २०५८ सालमा गएको थियो । राजाको जेठो छोरो राजा हुने परम्परा हो । वंशविनाश गरेर राजतन्त्र सिद्धिइसकेपछि कि लिगलिगमा जानु पर्‍यो। त्यतिबेलाको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा जालझेल गरेर ज्ञाजेन्द्रलाई राजा बनाइएको हो । मैले यसअघि पनि भनेको थिएँ, कुशको राजा बनाइएको…
Read More
क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित, सन्दीप र बसिरको अर्धशतक

काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ । मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए । १४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।…
Read More
विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’कै कारण देशको भविष्य अन्योल बन्यो : केसी

विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’कै कारण देशको भविष्य अन्योल बन्यो : केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा केही पनि हुँदैन भन्दै राजनीतिमाथि वितृष्णा बढाउने र विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’बाट देशको भविष्य अन्योल भएको दावी गरेका छन् । विद्यार्थीले राजनीति बुझ्न छाडेपछि देशमा युवा पलायन बढेको बताउँदै उनले विद्यार्थीले राजनीति बझ्दा र गर्दा देशमा संभावनाको खोजी हुने बताए । धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सव उद्घाटन गर्दै केसीले नेपालको राष्ट्रियतामात्र नभई संस्कृति र शिक्षा प्रणालीमा समेत आक्रमण भइरहेको आरोप लगाए । उनले भने–‘नेपालमा केही पनि छैन भनेर युवालाई भ्रमित पार्दै क्याम्पसका कोठा खाली बनाएर विदेशी भाषाका कक्षाहरु भरिएको छ । जब युवाले यो षड्यन्त्र बुझ्छन् तबमात्र विदेश…
Read More
व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी

व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन हुने बताएको छ । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरेका हुन् । पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र हुने बताएका उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको दावी गरे । उनले भने–‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, के–के विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर…
Read More
कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार ठकुरीसहित सहकारीका अन्य ६ पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सहकारी ऐन, २०७४ को दफा १०४ को…
Read More
Page 5 of 125
1 … 3 4 5 6 7 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.