घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल : आम्दानी चार आना, खर्च बाह्र आना
काठमाडाैं । व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत गरी अहिले देशमा ५६ विमानस्थल छन् । अझै तेह्थुम, धरान, धनकुटा, उदयपुरमा विमानस्थल थप गर्नुपर्ने आवाज उठिरहेको छ । तीनवटा अन्तराष्ट्रिय विमानस्थल रहेपनि २ वटा विमानस्थल निर्माण सम्पन्न भएर थन्किएपनि अझै बाराको निजगढमा विमानस्थल बनाउनुपर्नेमा नेता देखि सरकारसम्म जोड दिईरहेको छ । यस्तोमा चिनियाँ एक्जिम बैंकबाट ५ प्रतिशत ब्याजदरमा २८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएर बनाएको पोखरा र आसपासको क्षेत्रको आर्थिक अवस्था नै कायापलट गराउँछ भन्ने विश्वास लिइएको पोखरा अन्तराष्ट्रिय नेपालका लागि घाँटीको हड्डी जत्तिकै बनेको छ । पछिल्लो समय चिनियाँ राजदूतले पोखरा विमानस्थलका लागि लिइएको ऋणको…
