प्रमुख समाचार

ताइवानलाई चिढ्याउने चिनियाँ युद्धखेल

ताइवानलाई चिढ्याउने चिनियाँ युद्धखेल

एजेन्सी । ताइवानले हालै जनवरीमा निर्वाचित राष्ट्रपति लाई चिङ–टेको सत्तारोहणसँगै सत्ताको अर्को शान्तिपूर्ण संक्रमण पार गरेको छ । आफ्नो उद्घाटन भाषणमा लाईले छिमेकी चीनलाई धम्की दिने कार्य बन्द गर्न र ‘टकरावको सट्टा वार्ता रोज्न’ आग्रह गरेका थिए । चीनले ताइवानको सिमुलेटेड (प्रविधिबाट गरिने अनुकरणात्मक) नाकाबन्दी सुरु गरेर प्रतिक्रिया जनाएको छ । चिनियाँ जनमुक्ति सेनाले ‘कडा दण्ड’का रूपमा संसारको सबैभन्दा सघन जनसंख्या भएको देशमा क्षेप्यास्त्र वर्षा गर्ने क्षमताको घमण्ड गर्दै केही तस्बिर जारी गरेको छ । लोकतन्त्रमाथिको खतरा : दुई करोड ४० लाख जनताको लोकतान्त्रिक मतदान अधिकारमा बेइजिङको मानक प्रतिक्रिया भनेको ‘खप्पर फुटाउने र रगत बगाउने’ धम्की थियो । चीनका लागि ताइवान एक विद्रोही प्रान्त हो,…
Read More
६ केजी सुनसहित चिनियाँ पक्राउ

६ केजी सुनसहित चिनियाँ पक्राउ

काठमाडाैं । विमानस्थलबाट सुन तस्करी गर्ने गिरोह खोज्ने क्रममा प्रहरीले एक चिनियाँलाई ६ केजी सुनसहित पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लुकाएर राखेको सुनसहित चिनियाँलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो । सिआइबी अहिले सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धानमा छ । सिआइबीले यो अनुसन्धानमा १८ जनालाई पक्राउ गरी संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चिनियाँसहित सुनका ६ बिस्कुट बरामद भएको र त्यसको परीक्षण भने हुनै बाँकी रहेको सिआइबीका एक उच्च अधिकारीले बताए । ‘त्यो सुन पहिले नै ल्याएर बेच्न नसकेको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका ती अधिकारीले भने, ‘पक्राउ परेका चिनियाँको अवैध क्रिप्टो र युएसडिटी कारोबारमा पनि संलग्नता देखिन्छ ।’ चिनियाँ…
Read More
अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण

अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको टिपर र…
Read More
भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारकाे सहयाेगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएकाे छ । ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको आज गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव श्री प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेपाली रूपैयाँ ३ कराेड ३९ लाख २० हजार आर्थिक सहयोगमा उक्त परियोजनाको निर्माण गरिनेछ । कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे…
Read More
नारायणगढ-बुटवल सडकखण्ड: रकम छैन भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम

नारायणगढ-बुटवल सडकखण्ड: रकम छैन भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम

काठमाडौं । नारायणगढ- बुटवल सडक निर्माण गरिरहेको निर्माण कम्पनीसँग फिल्डमा खर्च गर्ने रकम नहुँदा कालोपत्र गर्ने काम ठप्प भएको छ। सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग फण्ड सर्टेज भएपछि कालोपत्र गर्ने काम अलपत्र परेको हो। यसै आर्थिक वर्षको सुरुवातमा पनि निर्माण कम्पनीसँग फण्ड सर्टेज भएर ६ महिना जस्तो साइटमा काम भएको थिएन। पछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीको मुख्यालयबाट ४ मिलियन डलर पैसा पाएको थियो। त्यही अनुसार निर्माण कम्पनीले काम गर्दै आइरहेको थियो। तर, फेरि निर्माण कम्पनीलाई रकम अभाव भएको छ। एसियाली विकास बैंक(एडीबी) सडक निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार अहिले बेस हालेर तयार पारिएको…
Read More
भारतद्वारा नेपालको नवलपरासी (पूर्व) मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

भारतद्वारा नेपालको नवलपरासी (पूर्व) मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

नवलपरासी पूर्व । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २करोड ७५लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्घाटन भयो। सो विद्यालय भवनको उद्घाटन प्रतिनिधिसभाका सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्त रुपमा गर्नुभएको हो। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य…
Read More
भारतद्वारा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

भारतद्वारा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवनको उद्घाटन भएको छ । बुधबार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरिएको छ । भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र राजदूतावासका…
Read More
स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौं बस्ने वर्ष ३२ का झाङ युआन, वर्ष ५० का निङ हाओरान,, वर्ष २४ का क्युओ हवरन, वर्ष ३६ का दिनु लयु रहेका छन् । बुधवार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प. २८७२ नम्बरको ट्याक्सी चेकजाँचको क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँ नगद भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप कारवाहिका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको प्रहरीले जनाएको छ…
Read More
चिनियाँ गिरोहको जालोमा युवा

चिनियाँ गिरोहको जालोमा युवा

काठमाडाैँ । वैदेशिक रोजगारीमा गएका एक युवक दुई दिन मात्र बसेर फर्केको कुरा कमैले पत्याउँछन्। ऋण काढेर विदेश पुगेका युवाहरू जति दुःख पाए पनि त्यो चुक्ता गरेर मात्रै फर्किने सोचमा हुन्छन्। ती युवक भने विदेशको दुईदिने बसाइपछि फर्केका हुन्। अपेक्षाअनुसारको काम नभएपछि जेठ ६ गते गन्तव्य कम्बोडियाका लागि उडान गरेका तिनी १० गते नेपाल फर्किन बाध्य भएका हुन्। आएगएको समय पनि जोड्दा उनी नेपालबाट गएको चार दिनको अन्तरालमा फर्किएका हुन्। काठमाडौंका ३५ वर्षीय ती युवक धेरै आम्दानी गर्ने लोभले कम्प्युटरमा विभिन्न डाटा राख्ने भन्दै एजेन्टमार्फत कम्बोडिया पुगेका थिए। परिवारको सुखद भविष्यको कल्पना गर्दै कम्बोडिया जान उनले चार लाख रूपैयाँ एजेन्टलाई…
Read More
सगरमाथाको ४ नम्बर क्याम्प पुग्दा ‘चिनियाँ टाइम’ परिवर्तन (भिडियाेसहित)

सगरमाथाको ४ नम्बर क्याम्प पुग्दा ‘चिनियाँ टाइम’ परिवर्तन (भिडियाेसहित)

काठमाडाैं । सगरमाथाको ४ नम्बर क्याम्प पुग्दा नेपाली समय फेरिएर ‘चिनियाँ टाइम’ देखाउने हुने गरेको आरोहीहरुले बताएका छन् । केही दिनअघि भएको एक कार्यक्रममा आरोही पासाङ टेन्डी शेर्पाले चिनियाँ समय देखाउँदा आफूहरुलाई समस्या परेको बताएका हुन् । गत बुधबार राजधानीमा भएको ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बोल्दै इन्टरनेशनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आईएफएमजीए) का माउन्टेन गाइड तथा ट्रयाक नेपालका संस्थापक शेर्पाले सगरमाथामा गुगलले चीनको समय देखाउने गरेको भन्दै दुःख व्यक्ति गरेका हुन् । ‘सरकारलाई म के पेस गर्न चाहन्छु भने, सगरमाथा ४ नम्बर क्याम्प, त्यो त हाम्रो नेपालमा पर्छ नि । त्यहाँ पुनेबित्तिकै आइफोनमा पनि घडीमा पनि अटोमेटिक…
Read More
Page 2 of 125
1 2 3 4 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.