प्रमुख समाचार

राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरको सीमा बढाएको छ । मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो । यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले न्यून हुनुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो । यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने मुद्दती निक्षेप (स्वेदशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने…
Read More
सम्बन्ध बिग्रेपछि महिलाको गोप्य तस्बिर परिवारलाई पठाउने थापा पक्राउ

सम्बन्ध बिग्रेपछि महिलाको गोप्य तस्बिर परिवारलाई पठाउने थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर-४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा छन्। थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए। त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो। तर सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर र भिडिओ पठाएको पाइएको साइबर ब्यूरोले जनाएको छ । यसरी सामाजिक तथा व्यक्‍तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्र हत्या गरेको भन्दै पीडितले ब्यूरोमा जाहेरी दिएकी…
Read More
कांग्रेस महासमितिमा पेश भएका चार प्रस्ताव सर्वसम्मत पारित

कांग्रेस महासमितिमा पेश भएका चार प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चार प्रस्ताव पारित भएका छन्। बिहीबार अपराह्नमा महासमितिको बैठकले चार वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो। उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन् । महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरिएको हो । गगनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए । ती चारैवटा…
Read More
मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

बैतडी । मलामी बोकेको जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । डिलासैनी गाउँपालिका १ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सु.प.प्र-०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले…
Read More
हिन्दु राष्ट्रका लागि कांग्रेस महासमिति बैठकमा एक हजार बढी सदस्यले गरे हस्ताक्षर

हिन्दु राष्ट्रका लागि कांग्रेस महासमिति बैठकमा एक हजार बढी सदस्यले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् । भण्डारीले हिन्दु राष्ट्रका लागि एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने आफूहरुको पुरक प्रस्ताव मूल प्रस्तावम समवेश भएर आउनु पर्ने बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताए।
Read More
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन्। गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।
Read More
केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसीले भनेजस्तो ५ सय र हजारको नोट प्रतिबन्ध गर्न सम्भव छ ? काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भारतले जस्तै नेपाल सरकारले पनि नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका छन् । बैठकमा १४ बुँदे धारणा राख्दै उनले ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो। यसको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले भने–‘माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास…
Read More
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो । आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उनले बताए । आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित…
Read More
आजबाट आन्दोलन शुरु गरेको राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र

आजबाट आन्दोलन शुरु गरेको राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल सिंहदरबार पुगेका थिए। राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग बुझाएका छन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपाले गरेको संघर्षको कार्यक्रम शान्तिपूर्ण गर्न अनुरोध समेत गरेका छन्। त्यस्तै सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरिरहेको भन्दै त्यसमा सकारात्मक सहयोगको अपेक्षा राखेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए। भेटमा प्रधानमन्त्रीले भने–‘राप्रपाले आफ्ना मुद्दाहरू लिएर संघर्ष जाने निर्णय…
Read More
कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई आउट गरेका हुन् । उनले लिंगेनलाई ३१ रनमा पेभेलियन फर्काए । यसअघि दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे । पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबिया पछ्याइरहेको छ ।
Read More
Page 4 of 125
1 2 3 4 5 6 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.