Share Icon

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।

सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै उनीहरुको नाम सिफारिस गरिएको छ । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।

तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए ।

Facebook Comments Box

Share Icon