समाज

निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

२८ असोज,रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताउनुभयो । गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ । निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले…
Read More
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव ल्याउन समय लाग्ने

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव ल्याउन समय लाग्ने

२८ असाेज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी  मृत्यु भएका नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ । नेपालीसहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको हाे । डीएनए, फिगरप्रिन्ट र दाँतको पहिचान गरिने जनाइएको छ । युद्धमा मृत्यु भएका १३ सय शवको पहिचान हुन बाँकी रहेको इजरायल सरकारले जनाएको छ । यही असोज २० गते १० विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।घटनामा चार जना नेपाली घाइते भएकोमा १ जना उपचार भएपछि नेपाल फर्केका छन् ।…
Read More
प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

२८ असोज, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गर्नुभएको छ । उहाँले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडनुभएको छ । “दसैँका बेला मेरो खातामा तलब आइपुग्यो”, उहाँले भन्नुभयो, “आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको…
Read More
इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

२८ असोज,मनाङ।विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो । “वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।” यसले…
Read More
भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु

२८ असोज, भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ । घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने उहाँले बताउनुभयो । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीकोसमेत तलेजु ल्याएर पूजा गरिन्छ । कुमारीलाई आजै दरबारस्क्वायरस्थित चतुर्ब्रह्म महाविहारमा लगेर पूजा गरी…
Read More
काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनःबढ्यो

काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनःबढ्यो

२८ असोज,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक…
Read More
महान पर्व बडादशैं आजदेखि सुरू, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिंदै

महान पर्व बडादशैं आजदेखि सुरू, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिंदै

२८ असाेज, काठमाडौं । हिन्दुहरूको यस वर्षकाे महान पर्व बडादशैं आज (आइतबार) बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आइतबार घटस्थापना गरिएकाे हाे ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभ साइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यो दिन घर-घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । यस दिन बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई…
Read More
चिनियाँ नागरिकका कारण जेल पुगे पूर्वसभामुख महराका छाेरा राहुल

चिनियाँ नागरिकका कारण जेल पुगे पूर्वसभामुख महराका छाेरा राहुल

काठमाडाैं । ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको स्वीकार गरेका छन् । भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले समातेपछि चीनका पुरानो साथी वाङले आफूलाई अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत श्रेष्ठलाई त्यसबारे बुझ्न फोन गरेको बताएका छन् । तर, सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको उनको दाबी छ । सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा राहुलले चिनियाँ साथी वाङको अनुरोधमा विमानस्थलस्थित भन्सार कार्यालयमा रोकिएको भेप निकाल्न मिल्छ कि मिल्दैन बुझिदिनुपर्‍यो भनेर प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेको बताएका…
Read More
चिनियाँ कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर चलाउँदा स्थानीय मारमा

चिनियाँ कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर चलाउँदा स्थानीय मारमा

पाल्पा । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो । उसले अहिले उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणको ९५ प्रतिशत काम सकिसकेको छ । प्लान्ट सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्डसमेत पालना नगरी कम्पनीले प्लान्ट सञ्चालन गर्न लागेको हो । उसले प्लान्ट सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको छैन भने दूरी सम्बन्धी मापदण्डको समेत पालना गरेको देखिँदैन । सिद्धार्थ राजमार्गदेखि ५० मिटर दूरीमा प्लान्ट सञ्चालनमा छ । त्यति…
Read More
नलगाड जलविद्युत् कम्पनीसँग सम्झौता

नलगाड जलविद्युत् कम्पनीसँग सम्झौता

२६ असोज, जाजरकोट । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उहाँको भनाइ थियो । चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डिपिआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम…
Read More
Page 92 of 452
1 … 90 91 92 93 94 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.