महान पर्व बडादशैं आजदेखि सुरू, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिंदै
२८ असाेज, काठमाडौं । हिन्दुहरूको यस वर्षकाे महान पर्व बडादशैं आज (आइतबार) बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आइतबार घटस्थापना गरिएकाे हाे ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभ साइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यो दिन घर-घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । यस दिन बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई…
