समाज

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप

२६ असोज, कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । सो अवसरमा उहाँले सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला…
Read More
भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

२६ असोज,राँझा (बाँके)। नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण गरेर उहाँले एक महिनादेखि मूर्तिको काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म माग आएका सबै मूर्र्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँले बताउनुभयो । “तीस पैतीस जति मूर्र्ति तयारी अवस्थामा छन् अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, कलाकार केवटले भन्नुभयो, “आजभोलि…
Read More
चिनियाँ ठेकेदारले कामै नगरेपछि पोखरा-मुग्लिन र नारायणगढ-बुटवल सडकको ठेक्का तोड्दै सरकार

चिनियाँ ठेकेदारले कामै नगरेपछि पोखरा-मुग्लिन र नारायणगढ-बुटवल सडकको ठेक्का तोड्दै सरकार

काठमाडाैं । सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडक निर्माणको जिम्मा पाएका चिनियाँ ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने भएको छ। सरकारको चेतावनीका बाबजुद आफ्नो कार्यशैलीमा सुधार नल्याउने चिनियाँ निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको हो। निर्माण सम्पन्न हुनुपर्ने तथा ठेक्का लागेकाे लामाे समयसम्म पनि भाैतिक प्रगति अत्यन्त न्यून देखिएपछि ठेक्का ताेड्ने निष्कर्षमा सरकार पुगेकाे हाे। पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ-बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो। गत बुधबार संसदको पूर्वाधार विकास समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यी सडक खण्डको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको बताएका थिए। यी दुबै सडकको ठेक्का चिनियाँ कम्पनीले पाएका थिए। मुग्लिन-पोखरा सडक…
Read More
अवैध रूपमा क्रसर प्लान्ट राखेको भन्दै चिनियाँ कम्पनीविरुद्ध स्थानीयको विरोध

अवैध रूपमा क्रसर प्लान्ट राखेको भन्दै चिनियाँ कम्पनीविरुद्ध स्थानीयको विरोध

काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलानजिकै करिब एक महिनाअघि चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन’ले अवैध रुपमा क्रसर प्लान्ट स्थापना गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार कम्पनीले सरकारले तोकेको सुरक्षा मापदण्डलाई उल्लंघन गरी प्लान्ट सञ्चालन गरेको भन्दै तिनाउ गाउँपालिका – ३ का स्थानीयवासी चिनियाँ कम्पनीको विरोधमा उत्रिएका हुन्। आइई र इआइएसमेत नगरी सुरु क्रसर प्लान्ट गाउँपालिका अध्यक्ष क्षेष्ठका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले मापदण्ड मिचेर क्रसर प्लान्ट स्थापना गरेको हो। क्रसर प्लान्टको जग्गा दोभान गाउँका स्थानीयवासीले वातावरणमा हानि पुर्‍याएको भन्दै विरोध गर्दै आएका छन्। प्लान्ट…
Read More
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो। गत २०७९ साउन मा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको…
Read More
करातेमा रजतपदक प्राप्त गुरुङलाई सम्मान

करातेमा रजतपदक प्राप्त गुरुङलाई सम्मान

२५ असोज, काठमाडौँ । चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलमा नेपालका तर्फबाट कराते खेलमा रजतपदक प्राप्त गरेकी एरिका गुरुङ आफूले विद्यालय शिक्षा अध्ययन गरेको काठमाडौँ तारकेश्वर नगरपालिका– ९ स्थित शुभकामना बोडिङ इङ्लिस स्कुलले बिहीबार गरेको सम्मान कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक कुमार ढकालबाट सम्मानपत्र ग्रहण गर्दै । तस्बिर : हरिराम भेटुवाल÷ रासस
Read More
भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग

२५ असोज, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । “समाचार र आधिकारिक निकायबाट आएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको छ”, सभापति लामिछानेले भन्नुभयो, “नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।
Read More
गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

२५ असोज, गोरखा। गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्र रहेका विभिन्न माध्यामिक विद्यालयका छात्र तथा छात्राको फुटबल टोलीको सहभागिता छ । प्रतियोगितामा उपाधि विजेता टोलीलाई रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएकोे छ । उक्त प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले पालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उदेश्यसहित प्रतियोगिता आयोजना…
Read More
बाटाेकाे कालाेपत्रे गर्ने याेजना रहेकाे छ, वडा अध्यक्ष श्रेष्ठ

बाटाेकाे कालाेपत्रे गर्ने याेजना रहेकाे छ, वडा अध्यक्ष श्रेष्ठ

२५ असाेज, काठमाडाैँ । संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । गण्डकी…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष श्रेष्ठ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष श्रेष्ठ

२५ असाेज, काठमाडाैँ । नेपालको संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस भिमसेनथापा गाउँपालिकाको नामाकरण गरिएको हो…
Read More
Page 94 of 452
1 … 92 93 94 95 96 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.