समाज

इजरायल आक्रमणमा ज्यान गुमाएका १० नोपली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दूताबासलाई हस्तान्तरण

इजरायल आक्रमणमा ज्यान गुमाएका १० नोपली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दूताबासलाई हस्तान्तरण

काठमाडौं । इजरायल सरकारले इजरायलमा आक्रमणमा ज्यान गुमाएका १० नोपली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ । दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ । प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ । दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिइएको छ । दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । अर्का एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमा…
Read More
जुम्ला समाचार : सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्वन्ध

जुम्ला समाचार : सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्वन्ध

२९ असोज, जुम्ला । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको ऐतिहासिक निर्णय भएको छ ।” कल सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका…
Read More
धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ् । धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार उत्तरी धादिङ्को गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा अनुरोध तामाङको मृत्यु भएको हो । धादिङ्बेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । दुर्घटनामा गंगाजमुना गाउँपालिका–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेमा ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक घाइते भएका छन् । घाइतेहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम…
Read More
हनुमान ढोकास्थित दशैँ घरमा जमरा राखियो

हनुमान ढोकास्थित दशैँ घरमा जमरा राखियो

२८ असाेज, काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । आईतवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ११ बजेर २९ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । आईतवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा…
Read More
एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित

एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दे नेपालले दोस्रो जित निकालेको हो । बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा भेट्टाएको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो । बहराइनलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेलले ६ तथा दुर्गेश गुप्ताले चार विकेट लिएका थिए ।नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।
Read More
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

२८ असोज,काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ । मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याउनुभयो । निगमले आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक…
Read More
देशका केही भागमा दिउँसाे र राति वर्षा हुने

देशका केही भागमा दिउँसाे र राति वर्षा हुने

२८ असाेज, काठमाडाैं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। साथै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही…
Read More
पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

दिलकुमार लिम्बू २८ असोज,फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि…
Read More
नेपालीलाई इजरायलबाट फर्काउन चार्टड उडान नगरिने 

नेपालीलाई इजरायलबाट फर्काउन चार्टड उडान नगरिने 

२८ असाेज,काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन चाहने नेपालीहरुका लागि चार्टड उडान नगर्ने जनाएको छ । इरायलबाट नियमित रूपमा व्यवसायी उडान जारी रहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई व्यवसायीक उडान मार्फत नेपाल फर्कने वातावरण मिलाउने र उनीहरुको हवाई टिकट भने सरकारले ब्यहोर्ने परराष्ट्रले जनाएको हाे । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले मिलाउने छ । अनलाइन मार्फत रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेको थियो ।सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको छ । विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै…
Read More
ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु

ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु

२८ असोज, भादगाउँ (भक्तपुर)। आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ । नवरात्रको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । नवरात्रका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन घरघरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पाँगो माटो र खोलाको जल लिन भक्तजनको घुइँचो लागेको हो । आजैदेखि शक्तिपिठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र काठमाडौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ ।
Read More
Page 91 of 452
1 … 89 90 91 92 93 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.