Share Icon

२८ असाेज,काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन चाहने नेपालीहरुका लागि चार्टड उडान नगर्ने जनाएको छ ।

इरायलबाट नियमित रूपमा व्यवसायी उडान जारी रहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई व्यवसायीक उडान मार्फत नेपाल फर्कने वातावरण मिलाउने र उनीहरुको हवाई टिकट भने सरकारले ब्यहोर्ने परराष्ट्रले जनाएको हाे । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले मिलाउने छ ।

अनलाइन मार्फत रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेको थियो ।सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको छ । विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै गरेर २ सय ५४ जनाको उद्धार गरेको थियो । इजरायलमा ४५ सय भन्दा बढी नेपालीहरू छन् ।

उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् । कोही नेपालीहरुमा असुरक्षा बढ्दै गएको स्थिति भएमा आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न दूतावासले अनुरोध गरेको छ । साथै स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न समेत दूतावासले अनुरोध गरेको छ ।

Facebook Comments Box

Share Icon