Share Icon

२८ असाेज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी  मृत्यु भएका नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ ।

नेपालीसहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको हाे । डीएनए, फिगरप्रिन्ट र दाँतको पहिचान गरिने जनाइएको छ । युद्धमा मृत्यु भएका १३ सय शवको पहिचान हुन बाँकी रहेको इजरायल सरकारले जनाएको छ ।

यही असोज २० गते १० विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।घटनामा चार जना नेपाली घाइते भएकोमा १ जना उपचार भएपछि नेपाल फर्केका छन् । यसैबीच इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । कन्चनपुर भीमदत्त नगरपालिकाकाका जोशीले हमासले बंकरमा प्रहार गरेको ग्रिनेड बंकर बाहिर फाल्दा चार जान नेपालीको ज्यान बचेको थियो ।

ग्रिनेड फालेपछि हमास लडाकुले उनलाई साथमा लगेको उपचारका क्रममा रहेका नेपाली विद्यार्थी हिमान्चल कट्टेलले जनाएका छन् । उनले अस्पतालबाटै भिडियो सन्देश जारी गर्दै आफ्ना सहकर्मी जोशीलाई हमासका लडाकुले लगेको बताएका छन् ।

Facebook Comments Box

Share Icon