Uncategorized

सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान

सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान

८ वैशाख,दोधारा चाँदनी । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक-शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् । जिल्लाको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रिय अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको बताउनुभयो । “हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो, “निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।” उहाँले कक्षा ८ सम्म आफ्नो विद्यालयमा गत वर्ष एक सय ६० विद्यार्थी रहेको बताउनुभयो ।…
Read More
अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

८ वैशाख,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब रु पाँच करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको रु ६५ लाख र उनका…
Read More
प्रदर्शनको तयारीमा ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट

प्रदर्शनको तयारीमा ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट

७ वैशाख, काठमाडौँ । चलचित्र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर चलचित्र तयार पार्नुभएको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिनुभयो । “यो चलचित्र ७२ मिनेट लामो छ । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवसको अवसर पारेर प्रदर्शन गर्न लागेका हौँ”, अध्यक्ष…
Read More
मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

७ वैशाख, झापा। झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट…
Read More
संसदमा डा राणाको प्रश्न, ‘ सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ? ‘

संसदमा डा राणाको प्रश्न, ‘ सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ? ‘

६ वैशाख ,काठमाडौँ । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भन्नुभयो, “धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा…
Read More
एसिसी प्रिमियर कप : नेपालको सहज जित

एसिसी प्रिमियर कप : नेपालको सहज जित

५ वैशाख,काठमाडौँ । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बल खेल्दै पाँच चौका प्रहार गरे । त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाए । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले…
Read More
ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

५ वैशाख,ढोरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उहाँले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताउनुभयो । शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार…
Read More
दाङमा यस वर्ष मह उत्पादनमा कमी

दाङमा यस वर्ष मह उत्पादनमा कमी

५ वैशाख,घोराही । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो । पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको घोराही उपमहानगरपालिका–१६ सर्रामा २०६१ सालदेखि नियमित रुपमा मौरीपालन गर्दै आउनुभएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताउनुभयो । “पछिल्ला वर्षहरुमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती…
Read More
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

५ वैशाख, खलङ्गा । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका(६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले बताउनुभयो । गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफू पनि निकै खुशी भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामसिंह धामीले बताउनुभयो । “विद्यार्थीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पुस्तक भएन भनेर गुनासो…
Read More
हेमा जोशीः समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

हेमा जोशीः समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

४ वैशाख, काठमाडौँ ।   अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताउनुभयो। “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ । केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, अर्थमन्त्री डा महतले भन्नुभयो । उहाँले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै देशको…
Read More
Page 29 of 40
1 … 27 28 29 30 31 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.