Uncategorized

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

२२ वैशाख ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आउनु भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा…
Read More
तातोपानी नाका दुईतर्फी सञ्चालनमा

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

१८ वैशाख,सिन्धुपाल्चोक । तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ ।सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले…
Read More
दण्डहीनताविरुद्ध शान्ति समाजले देशव्यापी अभियान चलाउने

दण्डहीनताविरुद्ध शान्ति समाजले देशव्यापी अभियान चलाउने

१७ वैशाख,काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले छ सुत्रीय धारणासहित कुशासन र दण्डहीनताविरुद्ध आगामी जेठ १ गतेदेखि देशव्यापी रुपमा तेस्रो चरणको अभियान प्रारम्भ गर्ने भएको छ । वैशाख अन्तिम सातासम्म पनि शान्ति समाजले अघि सारेका छ वटा विषयमा ठोस् प्रगति नभए तेस्रो चरणको अभियान थाल्ने छ । त्यसक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चरणवद्ध रुपमा प्रदर्शन, कोणसभा, विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा शान्तिपूर्ण धर्नालगायत कार्यक्रम आयोजना गरिने छन् । कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवाले सम्बोधन गर्नुहुने सभापति रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । आन्दोलनका क्रममा शान्ति समाजले अघि सारेका छ वटा विषयमा कुशासन…
Read More
लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला

लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला

१७ वैशाख,सर्लाही । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८-७९ मा एक सय ५७ र चालु आव २०७९÷८० को हालसम्म ९७ गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन् । नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । विशेषगरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको…
Read More
चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

१७ वैशाख,ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।
Read More
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

१२ वैशाख,काठमाडौँ । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गर्नुभएको छ । मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गर्नुभएको हो । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उहाँ काठमाडौँमा उपचाररत हुनुहुन्छ । “छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन”, उहाँले भन्नुभयो । बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि…
Read More
एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

९ वैशाख,काठमाडौँ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् । अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताउनुभयो । “हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ”, गिरीले भन्नुभयो । दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् । ‘छक्का पञ्जा’ को पाँचौँ शृङ्खला घोषणा हुने सम्भावना रहेता…
Read More
‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

९ वैशाख,काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । यद्यपी नेपालमा त्यस्तो छैन । निर्देशक आफैँले छनोट गर्ने गरेका छन् । केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ । उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट…
Read More
यु–१६ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको टोली घोषणा

यु–१६ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको टोली घोषणा

९ वैशाख,बैतडी । सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताउनुभयो । टोलीमा उपकप्तानमा युवराज खत्री, विकेटकिपरमा आशिष लुहार, राजेश ऐर, रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा, डम्बर माझी, विक्रम साउँद, आशिष शाह र भुपेश जोशी रहेका छन् । यस्तै प्रजल सुनार, आरिस बोहरा, सचिन भट्ट र कृष शाही वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । टिम प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा सुरेन्द्रबहादुर सिंहलाई जिम्मा दिएइको छ । वैशाख १ देखि ७ गतेसम्म अछाममा सञ्चालन…
Read More
‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करण हुँदै

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करण हुँदै

८ वैशाख,काठमाडौँ । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ। ‘कबड्डी ४: द फाइनल म्याच’ मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित हुनुभएकी अभिनेत्री मगर अभिनित ‘जारी’ प्रदर्शनरत छ । उक्त चलचित्रलाई समीक्षक र दर्शक दुवैले मन पराएका छन् । चलचित्र महोत्सव तीन स्थानमा आयोजना हुने द डेलिगेसन अफ द युरोपियन युनियनका सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो । “यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा चलचित्र देखाइने छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवका रूपमा मनाउँदै…
Read More
Page 28 of 40
1 … 26 27 28 29 30 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.