विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना
२६ वैशाख,भजनी । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले क्यम्पसलाई दिने रु ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ । त्यहीँ रकमले नयाँ भर्ना…
