Uncategorized

व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान

व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान

८ जेठ, वीरगञ्ज ।  केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आउनुभएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गर्नुभएका ५० वर्षीय उहाँ अहिले जिल्लामा च्याउ उत्पादक किसानको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको हो । कुनै बेला राजमिस्त्री रामनाथ भनेर चिनिने उहाँलाई अहिले च्याउबाला रामनाथको रुपमा स्थानीयले सम्झिने गरेका छन् । स्थानीय साहुसँग पाँच वर्षका लागि भाडामा लिएको सात कट्ठा जग्गा र आफ्नो एक कट्ठामा गरी आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्दै आउनुभएका पासवानलाई अहिले कतिबेला च्याउ टिपेर बजारसम्म पु¥याउने भन्ने हतारो हुन्छ ।…
Read More
मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

७ जेठ, म्याग्दी ।  म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ । धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गर्नुभयो । “खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो”, उहाँले भन्नुभयो, “खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।” नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर…
Read More
सडकले जोडियो अग्लो बस्ती मुठाचौर

सडकले जोडियो अग्लो बस्ती मुठाचौर

 डम्मर बुढामगर  ४ जेठ, ढोरपाटन।   मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्म घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ । घुम्ती बसाइँ हुने गर्दा स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, विद्युत्लगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समय मात्रै बस्ने गर्छन् । छोटो समयमै पनि उनीहरुले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् ।…
Read More
वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

४ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर ९प्रसूति सेवा केन्द्र० र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण क्षेत्रका वडामा बर्थिङ सेन्टर विस्तारसँगै विशेषज्ञ चिकित्सकसहितको बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो । अहिले महानगरको थप चार वडामा…
Read More
बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

२ जेठ, मनहरि । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडाँैमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताको…
Read More
किसानलाई अनुदानमा कृषि उपकरण वितरण

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

३१ वैशाख, त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो । नगरपालिकामा रहेका कृषि सहकारी, कषक समूह, फार्मलगायतमार्फत व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई कृषि उपकरण वितरण गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो । कृषि उत्पादनमा लागत घटाउँदै प्रतिफल धेरै लिन मद्दत पुगोस् भनेर नगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको शाखा प्रमुख कुमालले बताउनुभयो । नगरपालिलकाले…
Read More
खानेपानीको अभाव झेल्दै लखनावासी

खानेपानीको अभाव झेल्दै लखनावासी

२९ वैशाख, राँझा । बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ । लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताउनुभयो । “जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ”, उहाँले भन्नुभयो । वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुले आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको बताउनुभयो । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयलेसमेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उहाँको भनाइ छ । वडाको बजेटले खानेपानी योजना…
Read More
रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

२७ वैशाख, रामपुर । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ । विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताउनुभयो । गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई…
Read More
बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

२७ वैशाख, पर्वत । सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ । गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको मङ्गलबारको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ ९बाली विज्ञान० विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष…
Read More
अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

२७ वैशाख, डुम्रे । तनहुँको व्यास नगरपालिकाले आन्तरिक आयबाट सञ्चालन गरिरहेको व्यास नगर समता विद्यालयको कक्षा वृद्धि गर्ने भएको छ । अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको विद्यालयमा अध्ययनरत बालबालिकाको कक्षा वृद्धि गर्दै लैजाने भएको हो । बालबालिकाको कक्षा ग्रेड वृद्धि हुने क्रममा अन्यत्र गएर पठनपाठन गर्ने अवस्था नहुँदा बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी कक्षा बढाउँदै लैजाने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “सुरुआतमा नै कक्षा ५ सम्म सञ्चालन गरेका थियौँ, त्यसपछि अभिभावकविहीन बालबालिका थप अध्ययनका लागि कहाँ जाने भन्ने भएपछि कक्षा वृद्धि गर्ने योजना भएको हो, यसरी शिक्षाको ज्योतिबाट नै बञ्चित गराउनु हुँदैन…
Read More
Page 26 of 40
1 … 24 25 26 27 28 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.