Uncategorized

वडामा बाटो, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष के.सी.

वडामा बाटो, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष के.सी.

२३ जेठ, काठमाडाैँ । बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो । स्थापना कालमा १९०२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३.११.२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं. ६, ७, ८ र ९…
Read More
सियन कप छनोट स् नेपाल र म्यान्मा भिड्ने

सियन कप छनोट स् नेपाल र म्यान्मा भिड्ने

२३ जेठ,काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फिफा वरियतामा…
Read More
‘सफा हिमाल अभियान’ :  ३५ हजार ७०० किलो फोहर सङ्कलन

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन

२२ जेठ,काठमाडौँ  ।  यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गर्नुभयो । उक्त सफाइ टोलीमा संलग्न पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो । प्रधानसेनापति शर्माले सो अवसरमा उहाँहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने…
Read More
चुरे नमास्न शान्ति समाजद्वारा आग्रह

चुरे नमास्न शान्ति समाजद्वारा आग्रह

२२ जेठ,काठमाडौँ  । ‘चुरे मास्न पाइदैन स् पर्यावरण विरोधी नीति चाहिँदैन, हिमालय÷चुरे बचाउँ स् तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ भन्ने आह्वानसहित विभिन्न जिल्लामा वृक्षरोपण गरी आज वातावरण दिवस मनाइएको छ । मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा आज काठमाडौँ, पाल्पा, चितवन, तेह्रथुमलगायत जिल्लामा वृक्षरोपण गरेको कार्यबाहक सभापति कृष्णबहादुर रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी समाजको दाङ, सुर्खेतलगायत शाखाले वृक्ष गोडमेल तथा सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका छन् । पछिल्लो चरणमा चुरे सिध्याउने गरी ढुङ्गा, गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न थालेको नीतिप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ । चुरेको अत्यधिक…
Read More
सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

२२ जेठ,विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्त बनाउनु आवश्यक रहेको औँल्याउनुभयो । “शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्छ । तीन वटै तहका सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचे जस्तो सफलता प्राप्त हुन नसकेको हो”, उहाँले भन्नुभयो । उपप्रमुख शिल्पा…
Read More
नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

२१ जेठ,काठमाडौँ । एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली महिला फुटबल टोली आज साँझ म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् । नेपालले पहिलो खेल यही जेठ २३ गते आयोजक म्यानमारसँग खेल्नेछ…
Read More
नेप्से परिसूचक ५३ अङ्कले बढ्यो

नेप्से परिसूचक ५३ अङ्कले बढ्यो

२१ जेठ,काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन…
Read More
विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै

विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै

काठमाडाैं । पछिल्लाे समय विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै गएको छ । द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गराउने लक्ष्यका साथ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनकाे भारत भ्रमण गरेका छन् । नेपालको भारतसँगको लामो समयदेखि परीक्षित सम्बन्ध र विगतदेखि चलिआएको स्थापित परम्पराअनुसार नेपालको नयाँ सरकार बने लगत्तै प्रधानमन्त्री प्रचण्ड सत्तामा आएपि पहिलोपटक भारत भ्रमण गरेका हुन् । खुला सिमाना भएकाले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक निकटता र जनताबीचको सम्बन्धका कारण हाम्रो सम्बन्ध अनौठो बनेकाे भारत भ्रमणकाे क्रममा रहेका बेला प्रधानमन्त्री प्रचण्डले भनेका थिए । यति घनिष्ट र…
Read More
दुर्घटनामा बालकको मृत्यु

दुर्घटनामा बालकको मृत्यु

सिन्धुली, १७ जेठ। सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए । मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुघृट्नाबारे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Read More
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी

१६ जेठ,काठमाडौँ  । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी ३० अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।
Read More
Page 24 of 40
1 … 22 23 24 25 26 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.