कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, १२१ रुपैयाँमै पाइने
१६ जेठ, काठमाडौं । कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, १२१ रुपैयाँमै पाइने काठमाडौं। कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्दैछ। खरिद गर्न इच्छुक जो कोहीले सेयरमा आवेदन दिन सक्नेछन्। व्यक्ति, संस्था र विद्यमान संस्थापकहरुलाई पनि खरिदका लागि बोलकबोल पेस गर्न बैंकले आग्रह गरेको छ। बैंकले सेयरको न्यूनतम मूल्य १२१ रुपैयाँ तय गरेको छ। उक्त मूल्यभन्दा कम राखेर आवेदन दिन पाइदैन। यस्तै खरिद गर्न चाहनेले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्छ। अधिकतम सबै कित्ता किन्न पाइन्छ। बोलपत्र जेठ १६ गते देखि पेस गर्न मिल्ने बैंकले…
