Uncategorized

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री

काठमाडौँ, ४ वैशाख ।  अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताउनुभयो । “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ । केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, अर्थमन्त्री डा महतले भन्नुभयो । उहाँले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै…
Read More
गोदाममा थन्किए काठका भाँडाकुँडा

गोदाममा थन्किए काठका भाँडाकुँडा

४ वैशाख,वालिङ । स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा हुनुभयो । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उहाँले आफ्नै बाबुबाजेहरुहरुबाट सिक्नुभयो । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आउनुभएको छ । आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएता पनि उहाँले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्नुहुन्छ । आधुनिक औजारले सहज हुनाका साथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उहाँ पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्नुहुन्छ ।…
Read More
दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

३ वैशाख ,खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् । धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उहाँले बताउनुभयो । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ । “यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुशी छाँै, यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो…
Read More
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा

फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा

 ३ वैशाख ,पर्वत । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन् । यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनवाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ । बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो । कुश्मा–४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन…
Read More
मेलम्चीमा भलिबल प्रतियोगिता हुने

मेलम्चीमा भलिबल प्रतियोगिता हुने

२ वैशाख,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो । मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुनलागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दाबी गर्नुभयो । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका श्रेष्ठ…
Read More
बौद्ध युवा क्लबले जित्यो एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल

बौद्ध युवा क्लबले जित्यो एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल

२ वैशाख,गलेश्वर । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार साँझ भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै वौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो । चैत २८ गतेदेखि चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागि भएका थिए । प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लबले रु एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो…
Read More
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

३० चैत,काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । “हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन हुन्छ, अहिलेसम्म थप विवरण आएको छैन, विभागले सरोकारवाला निकायसँग समन्वय गरी खोजी गरिरहेको छ”, उहाँले भन्नुभयो । चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा शनिबार सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा…
Read More
रसुवाको कालिकामा स्वास्थ्य शिविर

रसुवाको कालिकामा स्वास्थ्य शिविर

२९ चैत,रसुवा । रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन् । तिलगङ्गा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगङ्गा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक…
Read More
टुटफुट र खण्डित कुरा नगर…

टुटफुट र खण्डित कुरा नगर…

२९ चैत,गण्डकी । ‘टुटफुट र खण्डित कुरा नगर आत्मसर्मणको कुरा नगर एकढिक्का एकताको कुरा गर वीरताको कुरा गर..’ टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन् । ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरे । क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता पोखे । न्याय, मुक्ति र समानताका पक्षमा स्वर मिलाए । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । कलाकारले कार्यक्रममा सामूहिक…
Read More
बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

२८ चैत,बलेवा । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो । पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिराको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ । जिल्लाका कूल ८५…
Read More
Page 30 of 40
1 … 28 29 30 31 32 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.