प्रमुख समाचार

‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले

‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले

१६ जेठ,जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन् । केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताउनुभयो । बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम…
Read More
समावेशीताको आधार गणतन्त्र

समावेशीताको आधार गणतन्त्र

१५ जेठ,काठमाडौैँ ।आज गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिस्वरुप मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिर्वतनका लागि नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका जनयुद्ध, राजनीतिक आन्दोलन तथा जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा विसं २०६५ जेठ १५ मा तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यका, जनजाति, समावेशी, थारुलगायत सम्बन्धित मन्त्रालय तथा संवैधानिक आयोगले समावेशिताको आधार गणतन्त्र रहेको जनाएका छन् । महिला, बालबालिका तथा…
Read More
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

१५ जेठ,काठमाडौँ  । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहनुभएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो । यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिनुभएको थियो । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आउनुभएको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल…
Read More
कंशाकारद्वारा सांसद पदको शपथ

कंशाकारद्वारा सांसद पदको शपथ

१५ जेठ,काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो । रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।
Read More
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

१५ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भन्नुभयो, “संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन । “तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’’ उहाँले भन्नुभयो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन०…
Read More
प्रसारण लाइनको तार फेर्न हेटौँडा क्षेत्रमा अवरोध, प्राधिकरणको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण

प्रसारण लाइनको तार फेर्न हेटौँडा क्षेत्रमा अवरोध, प्राधिकरणको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण

१५ जेठ,काठमाडौँ  । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति ९तार फेर्ने० कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा पीडित जग्गाधनीलाई जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएकाले रुट सार्नु पर्नेलगायत माग राखी स्थानीयवासीले लाइनको तार ९कन्डक्टर० फेर्ने कार्यमा अवरोध गर्दै आएका हुन् । स्थानीयवासीको अवरोधका कारण गत वैशाखको पहिलो हप्तादेखि काम ठप्प छ । नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा रहेका कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लम्साल

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लम्साल

१५ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ छ भने क्षेत्रफल ७३।५१ वर्ग कि।मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. २…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ :अध्यक्ष कुवर

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ :अध्यक्ष कुवर

१५ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ छ भने क्षेत्रफल ७३।५१ वर्ग कि।मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. १४…
Read More
वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानि र बाटो हो : अध्यक्ष पाध्या

वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानि र बाटो हो : अध्यक्ष पाध्या

१५ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि। माथी छ । कुश्मा नगरपालिका हालसालै घोषणा भएको नगरपालिका हो ।यो पर्वतको सदरमुकाममा अवस्थित छ । कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ अट वडा भएको कुश्मा नगरपालिका गठन भएको हो । गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित कुश्मा…
Read More
लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

१५ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने महानगरले जनाएको छ । लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने केन्द्र र प्रदेशअन्तर्गतका करिब ७२ अस्पतालको नाम आएको बताइएको छ । यही जेठ २ गते…
Read More
Page 60 of 125
1 … 58 59 60 61 62 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.