Share Icon

१५ जेठ,काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो । रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।

Facebook Comments Box

Share Icon