नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ
६ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस धार्चे गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले ईद आदि मनाउने गर्दछन। गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित भिमसेनथापा गाउँपालिका वडा नं.…
