कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएकाे छुः अध्यक्ष भण्डारी
९ असाेज, काठमाडाैं । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित हाे । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थलस् शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिनुका साथै नजिकै रहेको जलविद्युत विकास नमूनाको रुपमा निर्मित खिम्ती जलविद्युत आयोजनाको समेत सजिलै अवलोकन गर्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क,…
