वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु
२८ फागनु,चितवन । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिकरूपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो । नेपाल लघुवित्त बैंकर्स…
