रु ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण
८ फागुन,भक्तपुर । भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई रु ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो । उहाँले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । भक्तपुर नपाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक रु चार करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको जानकारी दिदै उहाँले नगरपालिकाले…
