अर्थ

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

१८ फागुन,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको…
Read More
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

१६ फागुन,काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् रु २९ करोडको रु एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३…
Read More
अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

१४ फागुन,लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष रु नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु…
Read More
लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकारी प्रयास सार्वजनिक गर्न माग

लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकारी प्रयास सार्वजनिक गर्न माग

१२ फागुन, काठमाडौँ ।  पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ । सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताउनुभएको हो । “अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ रु समस्या समाधानका लागि के–कस्ता प्रावधान गरिएको छ रु हामी संसद्मा प्रश्न मात्रै गर्न वा समस्या मात्रै सुनाउन बसेका होइनौँ । मन्त्रालयको जवाफ पनि चाहिन्छ”, उहाँले भन्नुभयो । संसद्को यसअघिका बैठकमा पनि लघुवित्तका समस्याबारे कुरा उठे पनि त्यसको जवाफ पाउन नसकिकेको पनि सांसद यादवले बताउनुभयो । “शून्य समयमा संसद्मा…
Read More
कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

१२ फागुन,बनियानी । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताउनुभयो । “पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयोे”, उहाँले भन्नुभयो, “यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।”सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो…
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

११ फागुन,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा आएको महासङ्घले जनाएको छ ।महासङ्घले…
Read More
लालबन्दीबाट एक अर्बको तरकारी निकासी

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

११ फागुन,सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९-८० को साउनमा रु २० करोड दुई लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड…
Read More
बाँझो जग्गामा सामूहिक आलु खेती

बाँझो जग्गामा सामूहिक आलु खेती

११ फागुन,बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताउनुभयो । उहाँका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रुपमा सामूहिक आलु खेती गरिएको छ । यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ…
Read More
पाखो जमिनमा गरिएको अम्रिसो खेती आयआर्जनको माध्यम

पाखो जमिनमा गरिएको अम्रिसो खेती आयआर्जनको माध्यम

९ फागुन,गलेश्वर । म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । दुई वर्षअघि प्रतिकिलो रु ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी रु एक सय २५ मा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् । मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो रु एक सयदेखि रु एक सय २५ सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका यामबहादुर सापकोटाले प्रतिकिलो रु एक सय २५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा…
Read More
दूध उत्पादक किसानलाई अनुदान

दूध उत्पादक किसानलाई अनुदान

९ फागुनप,मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो । अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । “गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई प्रोत्साहान गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।” उत्पादनका आधारमा अनुदान दिँदा साना…
Read More
Page 33 of 42
1 … 31 32 33 34 35 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.