अर्थ

अर्थ मन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने सचिव रायको चेतावनी

अर्थ मन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने सचिव रायको चेतावनी

काठमाडौं । अर्थसचिव तोयम रायले अर्थ मन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने चेतावनी दिएका छन् । नवनियुक्त अर्थमन्त्री प्रकाशसरण महतलाई स्वागत गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले स्थिति गम्भीर बन्न सक्ने बताए । ‘मन्त्री ज्यूबाट स्पष्ट निर्देशन आइसकेको छ, स्थिति सामान्य छैन् । भयवह अवस्था आउन सक्छ,’ मन्त्री स्वागत कार्यक्रममा सचिव रायले भने । उनी सचिव बनेपछि दिनदिनै नेता तथा कर्मचारीहरुसँग विवाद गर्न व्यस्त छन् । रायले चालु खर्चमा कडाईका साथ कटौति गरेका छन् । यस्तै खर्च नहुने क्षेत्रको बजेट रोक्का गरिरहेका छन् । बजेट नदिएको भन्दै अन्य मन्त्रालयको कर्मचारी सांसद लगायतले अर्थ सचिवलाई दबाब…
Read More
खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य

खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य

१७ चैत,खोटाङ । खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गर्नुभएको हो । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी हुनुभयो । उहाँले सुमन श्रेष्ठलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा युधिर शाक्य विजयी हुनुभयो । उहाँले नेत्रबहादुर कटवाललाई हराउनुभएको हो ।सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश…
Read More
बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

१५ चैत,काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रियासँग जोडिएका अधिकांश विद्यमान कानुनी व्यवस्था पूरा गर्नुपर्ने क्यालेन्डर पनि समयअनुसार सञ्चालनमा आउन सकेको छैन । सरकारले पूर्णता पाउन नसक्दा आर्थिक प्रशासनमा अलमल देखिएको र यसले बजेट क्यालेन्डरमा नै असर गर्न सक्ने त्रास बढाएको जानकारहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउन अब ६० दिन र बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता…
Read More
नेप्सेमा झिनो अङ्कको सुधार

नेप्सेमा झिनो अङ्कको सुधार

१५ चैत,काठमाडौँ । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव १४, लघुवित्त समूह छ…
Read More
आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

१३ चैत,काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आउनुभएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नुभएको रु ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो । रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थाल्नुभएको थियो । जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गर्नुभएकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने थियो । तर आफैँले बचत गरेको थोरै रकम पनि उहाँले समयमा पाउन सक्नुभएको छैन । आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन् । बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट रु आठ लाख…
Read More
सहकारी समस्यामा

सहकारी समस्यामा

१३ चैत,दाङ । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सरकारीले सदस्यको बचतबाहेक पनि रू ६४ लाख ५७ हजार नाफा गरेको छ । “पछिल्लो समय सहकारीप्रति देखिएको समस्याले हाम्रा सहकारीमा पनि केही आशङ्का हुनु स्वभाविकै हो तर चलिरहेका राम्रा सहकारीमा कुनै समस्या छैन”, अध्यक्ष…
Read More
नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

१२ चैत,काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ । आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय ३३ दशमलव ९१ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक ९९ दशमलव…
Read More
अन्तर्वार्ता- निजी क्षेत्रलाई सशक्त नेतृत्वको आवश्यक छ : व्यवसायी श्रेष्ठ

अन्तर्वार्ता- निजी क्षेत्रलाई सशक्त नेतृत्वको आवश्यक छ : व्यवसायी श्रेष्ठ

१२ चैत,काठमाडौँ । उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नयाँ वर्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद सम्हाल्नुहुनेछ । मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ । उद्योगी व्यवसायी, आम नागरिकले पनि समस्या भोग्नुपरेको छ । महासङ्घ नेतृत्वले व्यवसायीका समस्या समाधानमा ध्यान नदिएको गुनासो पनि बेलाबेलामा सुनिने गरेको छ । सरकारपछि देशव्यापी रुपमा ठूलो सञ्जाल रहेको महासङ्घको काम कारवाही, निर्वाचन तथा मुलुकको अर्थतन्त्रको बारेमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठसँग राष्ट्रिय समाचार समिति…
Read More
आशा लघुवित्त वित्तीय संस्थाद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे प्रशिक्षण

आशा लघुवित्त वित्तीय संस्थाद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे प्रशिक्षण

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे छ । लघुवित्तले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरता लागि जनचेतना अभियान सञ्चालन गरेकाे हाे । विश्व वित्तीय सप्ताह–२०२३ अन्तरगत लघुवित्तले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे संस्थाका शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनु भयाे । श्री सिम्हा माध्यमिक विद्यालय बारबर्दियाका विद्यार्थीहरुलाई वित्तीय साक्षरता लागि जनचेतनामुलक जानकारी दिइएकाे छ । कार्यक्रममा संस्थाका अनुगमन अधिकृत राजेश भण्डारीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएकाे थियाे । उहाँले जीवन चक्रमा आइपर्ने अनुमान गर्न सकिने जस्तै बालबच्चाको पढाई, घर बनाउने सम्पत्ति खरिद आदि र अनुमान गर्न नसकिने…
Read More
नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो

नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो

९ चैत,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ०१ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर रु एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री…
Read More
Page 30 of 42
1 … 28 29 30 31 32 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.