समाज

भाैगाेलिक विकटताकाे कारणले विकास निमार्णका कामहरू गर्न कठिनाइ रहेकाे  छ : वडा अध्यक्ष वि.क.

भाैगाेलिक विकटताकाे कारणले विकास निमार्णका कामहरू गर्न कठिनाइ रहेकाे  छ : वडा अध्यक्ष वि.क.

१९ कात्तिक, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण गरिएको छ । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका…
Read More
नेपालका लागि सोमपाल कामीले लिए पहिलो विकेट

नेपालका लागि सोमपाल कामीले लिए पहिलो विकेट

१८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् । सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ । उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
Read More
कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

१९ कात्तिक, काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् । टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।
Read More
नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।
Read More
फाइनलमा गुल्शन झाको बिस्फोटक ब्याटिङ, ओमानविरुद्ध अर्धशतक

फाइनलमा गुल्शन झाको बिस्फोटक ब्याटिङ, ओमानविरुद्ध अर्धशतक

१८ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले बिस्फोटक ब्याटिङ गरिरहेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ । यो टी-२० आईमा गुल्शनको पहिलो अर्धशतक हो । झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् । गुल्शनले ओडीआईमा पनि महत्वपूर्ण फाइनल खेलमा अर्धशतक प्रहार गरेका थिए । उनले विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलामा यूएईविरुद्ध अविजित ५०, एसीसी प्रिमियर कप फाइनलमा पनि यूएईविरुद्ध अविजित ६७ रन बनाएका थिए ।
Read More
चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना

१९ कात्तिक,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा उहाँले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनःनिर्माण गर्नसक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गर्नुभएको छ । यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले…
Read More
भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने

भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो । ‘राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमाअनुसार दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय भएको छ’, सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि शनिबार बिहानैदेखि देशभरबाट उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा केन्दि्रत भएका छन् । विभिन्न प्रदेश सरकार र संघीय सरकारले पनि स्वास्थ्यकर्मीलगायत राहत र उद्धारका लागि काम गरिरहेका छन् ।
Read More
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं: प्रधानमन्त्री

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं: प्रधानमन्त्री

१९ कात्तिक,काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्। जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन दिएका हुन्। ‘हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपर्थ्यो, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं। अब राहत र पुनर्स्थापनातर्फ केन्द्रित हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जाडोको मौसम छ। त्यसैले न्यानो कपडाको बढी आवश्यक छ। उपचार प्रक्रिया अझ प्रभावकारी बनाउनुपर्दछ।’ उनले तीन दिनसम्म राहतका…
Read More
जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने

जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने

१९ कात्तिक,काठमाडाैँ।  जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्। आइतबार बसेको मन्त्रपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।
Read More
रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

१९ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ । आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज डिजास्टर रेस्पोन्स सिस्टम (डीआएस) कन्टेनरसहित रुकुम पश्चिम हिंडेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर प्रभावित क्षेत्र हिँडेको हो । नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट र उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान टेन्ट त्यहाँ पठाइएको हो । यसअघि…
Read More
Page 66 of 452
1 … 64 65 66 67 68 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.