समाज

भूकम्पमा परी ज्यान गुमाएकाप्रति भारतद्वारा दु:ख व्यक्त

भूकम्पमा परी ज्यान गुमाएकाप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडाैं । भारतले जाजरकाेट र रूकुम पश्चिममा गएकाे भूकम्पमा परी ज्यान गुमाएकाे घटनाप्रति दु:ख व्यक्त गरेकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भूकम्पमा परी ज्यान गुमाएकाप्रति दु:ख व्यक्त गरेका हुन्। ट्वीटरमा भनिएकाे छ, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र हर सम्भव सहयोग गर्न तयार छ। हाम्रो सम्वेदना शोकसन्तप्त परिवारकाे साथमा छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। @cmprachanda’ जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी मर्नेको सङ्ख्या १२८ पुगेको छ । Deeply…
Read More
चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा विमानस्थलमा प्राविधिक त्रुटि

चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा विमानस्थलमा प्राविधिक त्रुटि

काठमाडाैं । चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चुनौतीका कारण उडान अवरुद्ध भइरहेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले गत पुसमा धूमधामका साथ उद्घाटन गरे पनि प्राविधिक समस्या देखिन थालेको छ। गत सोमबार त्रिभुवन विमानस्थलबाट उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार उपकरणमा समस्या आएपछि काठमाडौं फर्कन बाध्य भएको थियो। राडारको भिएचएफ प्रणालीमा खराबी आएपछि उडान अवरुद्ध भएको स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले पोखराको विमानस्थलको टावरसँग सञ्चारमा समस्या आएपछि यति एयरलाइन्स र श्री एयरलाइन्सका दुवै उडान काठमाडौं फर्किनुपर्ने बताए। ‘टावरको सञ्चार सेवामा समस्या आएपछि दुईवटा विमान काठमाडौं फर्किएका छन्,’ झाले भने। सरकार र चिनियाँ…
Read More
सीमा क्षेत्रका बासिन्दामाथि चीनको धोका, पास लिएर जाँदा पनि सुरक्षाकर्मीले रोके

सीमा क्षेत्रका बासिन्दामाथि चीनको धोका, पास लिएर जाँदा पनि सुरक्षाकर्मीले रोके

गोरखा । चार वर्षदेखि बन्द रहेको गोरखाको रुइला र ङुइला ​​​​​​ नाका हालै द्विपक्षीय वार्ताको माध्यमबाट खोल्ने सहमति भएको थियो। चिनियाँ पक्षले सीमा आसपासका स्थानीय तहलाई पास लिएर बोर्डर पास गर्न मिल्ने आह्वानसमेत गरेको थियो। तर पास लिएर गएका सीमा क्षेत्रका स्थानीयलाई चिनियाँ सुरक्षाकर्मीले बोर्डर प्रवेशमा निषेध गरेको छ। नेपाल र चीनबीच गत सेप्टेम्बर १२ बाट ती दुवै नाका खोल्ने सहमति भएको थियो। चिनियाँ पक्षले गोरखाको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिहरूलाई सीमा प्रवेशका विषयमा औपचारिकरूपमै जानकारी गराएको थियो। सोही सूचनाअनुसार चुमनुब्री गाउँपालिका-२ स्योका २७ जना तिब्बती बजार जान भनेर एक दिन पैदल हिँडेर आधा बाटोसम्म पुगेका थिए। तर चिनियाँ पक्षले बोर्डर पास…
Read More
फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

१७कात्तिक, काठमाडाैँ ।  राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन्। राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिस जानेछन्। पेरिस पिस फोरममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ।
Read More
विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीले ढोगे मूलपानी मैदान

विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीले ढोगे मूलपानी मैदान

१७ कात्तिक, काठमाडौं । युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे । युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यसअ३ि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो । विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।
Read More
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको अनुरोध

चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको अनुरोध

१७ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण इकाइ सक्रिय परिचालन गरिएको छ । तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको प्रवक्ता कडायतले बताउनुभयो ।…
Read More
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल

१७ कात्तिक,धुलिखेल । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउ समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’मा अन्तरक्रिया आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म विश्व सम्पदामा सूचीकृत गर्न सम्भव नहुने बताउनुभयो । सो क्षेत्रभित्रका नागरिकको धेरै गुनासो आउने गरेको छ भन्दै उहाँले संरक्षण क्षेत्रको संवद्र्धन र प्रवर्द्धनको पहिलो दायित्व स्थानीय बासिन्दामै रहने उल्लेख गर्नुभयो । “स्थानीय बासिन्दाको संलग्नताबिना काम बन्दैन”, सचिव श्रेष्ठले भन्नुभयो, “यस क्षेत्रको मुख्य समस्या के…
Read More
अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

१७ कात्तिक,काठमाडौँ । वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गर्नुभयो । सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा तथ्य र तथ्याङ्कमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । यस सम्झौताले राष्ट्र बैंक र महासङ्घबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढने गभर्नर अधिकारीले विश्वास व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद…
Read More
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

१७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका…
Read More
समग्र वडाकाे विकास गर्दै अध्यक्ष थापा

समग्र वडाकाे विकास गर्दै अध्यक्ष थापा

१७ कात्तिक, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले स्थानीय तहको…
Read More
Page 68 of 452
1 … 66 67 68 69 70 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.