रुपन्देही प्रशासनको निर्णय : आफूखुसी राहत संकलन र वितरण गर्न नपाइने
२० कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने भएको छ । भूकम्पप्रभावित क्षेत्रका लागि भन्दै आफूखुसी नगद र जिन्सी सामान संकलन गर्ने प्रयास भएपछि प्रशासनले सर्वपक्षीय बैठकबाट यस्तो निर्णय गरेको हो । जोसुकैले पनि राहत संकलन गर्ने र आफूखुशी राहत बाँड्ने परिपाटीले वास्तविक पीडितसम्म राहत नपुग्ने अनि प्रभावित क्षेत्रमा भद्रगोल हुने भएकाले एकद्वार नीति बनाइएको उनले बताए । ‘भूकम्प प्रभावित क्षेत्रमा पठाउने भन्दै कतिपयले आफूखुसी नगद संकलन गर्ने, सामान बटुल्ने गरेको सूचना आउन थाल्यो । यसले भद्रगोल होला भनेर एकद्वार प्रणाली अपनाउने निर्णय भएको हो’ रुपन्देहीका प्रमुख जिल्ला…
