समाज

कर्णालीका मन्त्री भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी

कर्णालीका मन्त्री भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी

११ कात्तिक, काठमाडाैँ। कर्णाली प्रदेशका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापनको काम गर्ने भएका छन्। प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो। छलफलबाट केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा बसेर समन्वय गर्ने निर्णय भएको हो। छलफलअनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह जाजरकोट जाजरकोटमा बस्ने छन्। कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र सल्यानमा रहेर काम गर्नेछन्। मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमै केही दिन खटिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अन्य मन्त्रीहरूले सुर्खेतमै बसेर निरन्तर भूकम्प प्रभावितहरूको व्यवस्थापनको लागि समन्वय गर्ने निर्णय भएको छ। आ-आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको…
Read More
कञ्चनपुरमा बेपत्ता महिला मृत फेला, हत्याको आशंका

कञ्चनपुरमा बेपत्ता महिला मृत फेला, हत्याको आशंका

२० कात्तिक, धनगढी । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ ।
Read More
‘अहिलेसम्म राहत पाएका छैनौं, किरिया पुत्रीसमेत खुला आकाशमुनि बस्नुपरेको छ’

‘अहिलेसम्म राहत पाएका छैनौं, किरिया पुत्रीसमेत खुला आकाशमुनि बस्नुपरेको छ’

२०कात्तिक,काठमाडाैँ । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए।  आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा छन् उनी। दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो। उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ।  शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ। शेरबहादुरले भने, ‘मैले अहिलेसम्म राहत पाएको छैन। घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमुनी बस्नुपरेको छ।’ सबै निकायलाई समस्या बताउँदा पनि…
Read More
गुणस्तरीय शिक्षा ल्याउन विशेष दिएकाे छु : अध्यक्ष रावत

गुणस्तरीय शिक्षा ल्याउन विशेष दिएकाे छु : अध्यक्ष रावत

२० कात्तिक,काठमाडाैँ । कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । कर्णाली प्रदेश जाजरकाेट  जिल्लामा अवस्थित…
Read More
माओवादी केन्द्रले स्थगित गर्‍यो मंसिर २२ को काठमाडौं केन्द्रित जनप्रदर्शन

माओवादी केन्द्रले स्थगित गर्‍यो मंसिर २२ को काठमाडौं केन्द्रित जनप्रदर्शन

२० कात्तिक,काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए। ‘मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् छन्,’ महासचिव गुरूङले भने। माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको  थियो। ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जनवर्गीय संगठनसम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा…
Read More
जाजरकोट भूकम्प आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

जाजरकोट भूकम्प आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

२० कात्तिक,त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि…
Read More
 कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : नेत्री बलम्पाकी

 कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : नेत्री बलम्पाकी

नारायण न्यौपाने २० कात्तिक ,काठमाडौँ । “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु ।” ‘सांसदसँग रासस संवाद’ मा नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैआएको बताउनुहुन्छ । उहाँले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन ढिलासुस्ती भयो भन्ने बुझिनसक्नु रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सदनमा यो मेरो…
Read More
पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

२० कात्तिक,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नुभएको छ । पाँचखाल नगरमा निस्कने कुहिले फोहर सङ्कलन तथा गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको हो । केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानिज प्रविधि (सिएनबीएम)मा मल उत्पादन गरिने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताउनुभयो । उहाँले कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्राङ्गारिक मल उत्पादन हुने जानकारी दिनुभयो । “ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै माटोलाई बिरुवाका लागि आवश्यक सबैखाले…
Read More
विद्यार्थीलाई किताब बोक्न नपर्दा 

विद्यार्थीलाई किताब बोक्न नपर्दा 

२० कात्तिक,मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ । विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उहाँलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उहाँको भनाइ थियो । छात्र बोहराले भन्नुभयो, “किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।” चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म…
Read More
भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

हेमन्त केसी २० कात्तिक,जाजरकोट। शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो । उहाँको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ । शेरबहादुरले भन्नुभयो “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया…
Read More
Page 64 of 452
1 … 62 63 64 65 66 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.