रुपन्देही प्रशासनको निर्णय : आफूखुसी राहत संकलन र वितरण गर्न नपाइने

Share Icon

२० कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने भएको छ ।

भूकम्पप्रभावित क्षेत्रका लागि भन्दै आफूखुसी नगद र जिन्सी सामान संकलन गर्ने प्रयास भएपछि प्रशासनले सर्वपक्षीय बैठकबाट यस्तो निर्णय गरेको हो ।

जोसुकैले पनि राहत संकलन गर्ने र आफूखुशी राहत बाँड्ने परिपाटीले वास्तविक पीडितसम्म राहत नपुग्ने अनि प्रभावित क्षेत्रमा भद्रगोल हुने भएकाले एकद्वार नीति बनाइएको उनले बताए ।

‘भूकम्प प्रभावित क्षेत्रमा पठाउने भन्दै कतिपयले आफूखुसी नगद संकलन गर्ने, सामान बटुल्ने गरेको सूचना आउन थाल्यो । यसले भद्रगोल होला भनेर एकद्वार प्रणाली अपनाउने निर्णय भएको हो’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘प्रशासन र स्थानीय सरकारको अनुमतीमा मात्रै राहत संकलन गर्ने र त्यसरी संकलित राहत एकमुष्ट रुपमा पठाउने भएको छ ।’

सर्वपक्षिय बैठकबाट विभिन्न ठाँउमा संकलित राहत स्थानीय तह हुँदै जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्ने र त्यहाँबाट भूकम्पप्रभावित क्षेत्रमा पठाउने समझदारी बनेको अर्यालले बताए । उनका अनुसार, रुपन्देही प्रशासनले भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एकीकृत रुपमा राहत सामान पठाउनेछ ।

रुपन्देहीमा संकलन भएको राहत भूकम्पप्रभावित क्षेत्रमा पठाउनका लागि रुपन्देहीका यातायात व्यवसायीले नि:शुल्क सहयोग गर्ने घोषणा गरेका छन् । आइतबारसम्म संकलन भएको राहतको पहिलो खेप जाजरकोट पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

आफूखुसी राहत संकलन गरेर स-सानो टोली भूकम्पप्रभावित क्षेत्रमा जाँदा त्यहाँ व्यवस्थापन गर्न कठिनाई हुने, सहयोगीहरुकै व्यवस्थापनमा थप मानिसहरु खट्नुपर्ने भएकाले प्रशासन कार्यालयहरुविचको समन्वयमा यस्तो निर्णय लिइएको उनले बताए ।

भूकम्प प्रभावितका लागि आवश्यक राहत संकलन र व्यवस्थापन जिल्लाका स्थानीय तहले गर्ने, पालिकामा संकलित राहत सामग्री र सहयोग प्रभावित जिल्लासम्म पुर्याउने कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको हो ।

प्रशासनले खाद्यान्न, तरकारी, तेल, कम्बल, म्याट्रेस, लत्ताकपडा र तयारी खाना (ड्राइ फुड्स) संकलन गर्ने र पछि आवश्यकता अनुसार थप सामान संकलन गर्ने निर्णय गरेको अर्यालले बताए । जिल्ला प्रशासन कार्यालयको स्वीकृतिविना राहत सामग्री जिल्ला बाहिर लैजान नदिन सुरक्षा निकायले नियमन र कार्यान्वयन गर्नेछ ।

रुपन्देहीबाट जाजरकोटको ट्रक भाडा एक लाख रुपैयाँ रहेकाले कम्तीमा १० लाख मूल्य बराबरको राहत सामग्री संकलन गरी ट्रक भरेर मात्र जान स्वीकृति पत्र दिइने र जसले गर्दा गर्दा प्रभावित ठाउँमा ढुवानीका साधनको अनावश्यक चाप पनि नहुने उनले बताए । पश्चिमाञ्चल ट्रक समिति र लुम्बिनी ट्रक समितिमा आवद्ध ट्रक व्यवसायीले निशुल्क ढुवानीमा सहयोग गर्नेछन् ।

राहत संकलन गरेर प्रशासनमा बुझाउनेहरुले भौचर पाउनेछन् भने त्यो राहत भूकम्पप्रभावित क्षेत्रमा बुझाएपछि सम्बन्धित प्रशासनले राहत बुझेको भौचर दिनेछ । अर्यालले भने, ‘यसले गर्दा हामीले बुझाएको राहत दुरुपयोग भयो कि भन्ने शंका गर्नुपर्ने अवस्था समेत रहदैछ । हाम्रो उद्देश्य भीड व्यवस्थापन र सहज राहत व्यवस्थापन मात्रै

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.