समाज

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सूर्य किरण–१७ पिथौरागढमा सुरु

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सूर्य किरण–१७ पिथौरागढमा सुरु

काठमाडाैं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण– १७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु भएको छ। १७औँ संस्करणको संयुक्त सैन्य अभ्यास सूर्यकिरणमा सहभागी हुन ३ सय ३४ सैनिक सम्मिलित नेपाली सेनाको टोली भारत पुगेको हाे । यो अभ्यास २४ नोभेम्बर देखि ७ डिसेम्बरसम्म सञ्चालन हुनेछ। ३ सय ५४ जवान सम्मिलित भारतीय सेनाको टुकडीको नेतृत्व कुमाओन रेजिमेन्टको एक बटालियनले गरिरहेको छ। नेपाली सेनाको टोली तारा दल गणको प्रतिनिधित्व रहेको छ । अभ्यासको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने, हिमाली भूभागमा आतंकवाद विरोधी अभियान र शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत मानवीय सहायता र विपद् राहत…
Read More
नेपालमा बीआरआईबारे चीनको दृष्टिकोण

नेपालमा बीआरआईबारे चीनको दृष्टिकोण

एजेन्सी । नेपाल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाई उत्कृष्ट तरिकाले प्रयोग गरेको देश हो। बीआरआईमा हस्ताक्षर गर्दा नेपालले आयोजना कार्यान्वयनका लागि चीनबाट ऋण लिन नचाहेको अडान लिएको थियो । नेपालले बीआरआई अन्तर्गतका परियोजनाहरूमा नेपालमा ६ वर्षको निराशाजनक प्रगति पछि चिनियाँहरूले सी जिनपिङको प्रमुख कनेक्टिभिटी शाखा विस्तार गर्न नेपालप्रति क्षेत्रीय दृष्टिकोण अपनाएको देखिन्छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का क्षेत्रीय सचिवले भर्खरै काठमाडौं र पोखरामा भेटघाट गरेका छन् । चीनको तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुङझेङले उक्त प्रान्तको भ्रमण गरी मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग भेट गर्नुभयो।वाङको भ्रमणले काठमाडौंको लागि महत्वपूर्ण र प्रान्तीय सरकारसँग चीनको प्रत्यक्ष संलग्नतालाई महत्व दिएको…
Read More
खारेजी घोषणा गरेका कार्यालय अझै यथावत, मनोमानी खर्च

खारेजी घोषणा गरेका कार्यालय अझै यथावत, मनोमानी खर्च

८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले खारेजीको घोषणा गरेको राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकारीहरु आफ्नो कार्यालय खारेज नहुनेमा ढुक्क छन् । निमित्त प्रमुख कार्यकारी अधिकृत बालक चौधरी संसदमै विरोध भएकाले बोर्ड खारेजीको निर्णय कार्यान्वयन नहुने दाबी गर्छन् । सरकारले चालु खर्च कम गर्न भन्दै बजेटमा करिब २० वटा निकायलाई खारेजी, पुनर्संरचना र गाभ्ने घोषणा गरेको थियो । तर ती कार्यालय यथास्थितिमा चलिरहेका छन् र खारेज हुने सम्भावना घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको थियो, तर पछि नयाँ गठन आदेश ल्याएर ब्यूँताइएको थियो । चालु वर्षमा पनि…
Read More
५ वर्षकाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्ने छु : वडा अध्यक्ष सिंह

५ वर्षकाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्ने छु : वडा अध्यक्ष सिंह

८ मंसिर,काठमाडाैँ । कुशे गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष राेकाया

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष राेकाया

८ मंसिर, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण गरिएको छ । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका…
Read More
निर्देशक दिनेश राउतले घोषणा गरे सातौं फिल्म ‘पूजार सार्की’

निर्देशक दिनेश राउतले घोषणा गरे सातौं फिल्म ‘पूजार सार्की’

काठमाडौं । निर्देशक दिनेश राउतले सातौं फिल्मको रुपमा ‘पूजार सार्की’ बनाउने घोषणा गरेका छन् । जातिय विभेदविरुद्ध सन्देश दिने यो फिल्मको छायांकन माघदेखि पोखराको कास्कीकोटमा गर्ने तयारी छ । यो फिल्मका लागि राउतले पटकथा लेखक विकास सुवेदीसँग पुनः सहकार्य गर्दैछन् । यसअघि यी दुईले सोसल ड्रामा ‘प्रकाश’मा काम गरेका थिए । वास्तविक घटनाक्रमबाट प्रभावित भएर बनाउन लागिएको यो फिल्मका कलाकार सार्वजनिक गरिएको छैन । लेखक सुवेदीले यो फिल्मको कथावस्तु कम्युनिष्ट आन्दोलनमा भूमिगत भएका वास्तविक चरित्रबाट प्रेरित हुने बताए । आफूले देखेको र भोगेको अनुभवलाई मिसाएर फिल्म बनाउन लागेको उनको भनाई छ । ‘आफ्नै अनुभव मिसाएर फिल्म बनाउँदा त्यो बलियो हुने…
Read More
‘धानमा आत्मनिर्भर हुन लगानी बढाउनै पर्छ’

‘धानमा आत्मनिर्भर हुन लगानी बढाउनै पर्छ’

अधिकांश नेपालीको मुख्य खानाको स्रोत भएको कारण मिडियामा र सर्वसाधारण जनताको तहमा समेत धान चामल प्रायः चर्चा र बहस भइरहने एक प्रमुख विषय हो । यस्ता चर्चा र बहसले प्रायः दोहोर्‍याइरहने भाष्य के हो भने ‘कुनै समयमा धान चामल निर्यात गर्ने देश अहिले कसरी आयात गर्ने देशमा पुग्यो ?’ यस्तो भाष्य निर्माण गर्नेहरूले यसो हुनु पछाडिको कारणहरूको बारेमा गहिराइमा विश्लेषण नगरी प्रायः सतही टिप्पणी गर्ने गरेको पाइन्छ । नेपालमा पछिल्लो ६० वर्षमा धान खेती हुने क्षेत्रफल ३८ प्रतिशतले मात्रै बढेको तर उत्पादन १६६ प्रतिशतले बढेको र उत्पादकत्व बढेर दोब्बर भएको छ । त्यसैगरी पछिल्लो ५० वर्षमा चामलको उपभोग करिब ७०…
Read More
बढ्दो जनसंख्या, नपुग्दो उत्पादन : धानको सन्निकट संकटमा देश

बढ्दो जनसंख्या, नपुग्दो उत्पादन : धानको सन्निकट संकटमा देश

८ मंसिर, काठमाडौं । यतिबेला देशभरका किसानहरू आफ्नो धान बाली भित्र्याउन खेत-खलियानमा छन् । पारिलो घामसँगै असारमा रोपेको धान काट्ने, सुकाउने र खलामा चुटेर भित्र्याउन किसानहरू तल्लीन छन् । तर सरकार भने भारतले कोटामा तोकेर निर्यात अनुमति दिएको चामल ल्याउने कि नल्याउने भन्ने निर्णय गर्न छलफलमा छ । २०८० जेठमा भारतले नेपाल लगायत मुलुकमा निर्यात हुने बासमती बाहेकको चामलको निर्यातमा रोक लगायो । भारतको उक्त निर्णय लगत्तै नेपाली बजारमा चामलको मूल्य वृद्धि भयो । बजारमा यदाकदा चामल अभाव भएको चर्चा चुलिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्य स्थिरीकरण गर्न भनेर भारतसँग १ लाख मेटि्रक टन चामल माग्यो । उद्योग, वाणिज्य…
Read More
जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु प्रकरण : प्रहरी रोहबरमै १० लाखमा मिलापत्र

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु प्रकरण : प्रहरी रोहबरमै १० लाखमा मिलापत्र

८ मंसिर, जनकपुरधाम । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो । मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो । तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त मिथला नगरपालिका-२ नक्टाझिजका वीरबहादुर रयासलीले जानकारी दिए । ‘क्रिया खर्चवापत १०…
Read More
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

८ मङ्सिर, त्रिवेणी (रुकुम पश्चिम)।  भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं…
Read More
Page 46 of 452
1 … 44 45 46 47 48 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.