समाज

मधेशमा ‘लबान’ पर्व मनाइँदै

मधेशमा ‘लबान’ पर्व मनाइँदै

८ मङ्सिर, महोत्तरी । तराई÷मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ । यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिक शुक्ल एकादशी (हरिवोधनी) व्रतको साङ्गतासँगै जोडेर गरिने चलन बढी छ । पछिल्ला केही दशकयता मङ्सिरमा पाक्ने रैथाने (स्थानीय) जातका धानको सट्टा चाँडै पाक्ने (कात्तिकमै) उन्नत जातका विकासे जातका धान लगाउने प्रचलन…
Read More
चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

८ मङ्सिर,मनहरी (मकवानपुर)। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भन्नुभयो,“प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् । ” उहाँका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । । अध्यक्ष सापकोटाले भन्नुभयो, “प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’…
Read More
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

८ मङ्सिर,झापा ।  झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिनुभयो । “वर्णशङ्कर बीउको विकास र प्रचलनका कारण पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौँ”, उहाँले भन्नुभयो, “कालो नुनियाजस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ ।” समितिले भाडामा लिएको खेतको एउटै गरामा ८१ प्रजातिका धानका…
Read More
किसानको आलु कम्पनीले सिधै खरिद गर्ने

किसानको आलु कम्पनीले सिधै खरिद गर्ने

८ मङ्सिर,वालिङ (स्याङ्जा)। स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । स्याङ्जामा पहिलोपटक यो कार्यक्रम लागू भएकाले अहिले किसान खेतमा आलु लगाउन ब्यस्त छन् । “यसपटक जिल्लाका विभिन्न आठ पालिकाका २८ समूह सहकारीमार्फत एक हजार सात सय रोपनी क्षेत्रफलमा आलु लगाउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “ नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०बाट प्रमाणित भएका खुमल उज्जल, खुमल विकास, जनकदेव…
Read More
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

८ मङ्सिर,भोजपुर । भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहजरूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रध्यानाध्यक पेशलकुमार तिमल्सेनाले बताउनुभयो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील र उत्पादनमुखी…
Read More
अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा

८ मङ्सिर,कास्की ।  पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । ‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ खेलाडी गए राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ चार्टर विमानमार्फत आएका हुन् । प्रतियोगितामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, चीनको युनान प्रान्तको विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक झु वेनझोङ, युनान पर्वतारोहण तथा अन्तर्राष्ट्रिय खेल विभागका उपाध्यक्ष एवं महासचिव झोङ सी, युनान विश्वविद्यालयका प्राध्यापक एन सुइगेनलगायत अतिथिपोखरा आइपुग्नुभएको छ । खेलकुदका…
Read More
आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।
Read More
आजदेखि एनएसएल, काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबीच उद्घाटन खेल

आजदेखि एनएसएल, काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबीच उद्घाटन खेल

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् । इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए । काठमाडौंको टिममा यसपटक धेरै पेरबदल…
Read More
महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

८ मंसिर, जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ । दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Read More
जिल्ला प्रशासन काठमाडौंले भन्यो- दुर्गा प्रसाईंको महाअभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति छैन

जिल्ला प्रशासन काठमाडौंले भन्यो- दुर्गा प्रसाईंको महाअभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति छैन

८ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताएका छन् । प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार बल्खुमा अराजक शैलीमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सुरक्षा…
Read More
Page 47 of 452
1 … 45 46 47 48 49 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.