ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार
१० मङ्सिर,गलकोट (बागलुङ) । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । बागलुङबाट बिहुँसम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो । बागलुङ बजारबाट अछेते हुँदै बिहुँ टापुसम्मको १३ किलोमिटर र बिहुबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडक कालोपत्रका लागि आठ वर्षअघि ठेक्का लगाइएको भए पनि अहिलेसम्म कालोपत्र सम्पन्न हुनसकेको छैन । बिहुँबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सूर्य कन्ट्रक्सन काममा नफर्केपछि ठेक्का रद्द गरिएको र बागलुङ बजारबाट बिहुँसम्मको…
