समाज

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

१२ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै सुनवलवासीले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरेका छन् । मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए । मिलले प्रदूषण न्यूनीकरण नगरे मिल चलाउन नदिने उनले चेतावनी दिए । संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने…
Read More
मौसम बदली भएसँगै चिसो बढ्यो

मौसम बदली भएसँगै चिसो बढ्यो

१२ मङ्सिर, बाजुरा। आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो । जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित स–परिवार बेँसीतिर झरेका छन् । उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौँ, बाह्रविस, अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन् । लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो ।…
Read More
भारतद्वारा कपिलवस्तुमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

भारतद्वारा कपिलवस्तुमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं । भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । उक्त भवनमा सोमबार एक कार्यक्रमबीच भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुईतले विद्यालय भवन, तीनतले प्रयोगशाला भवनको निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिद गरिएको दूतावासले जनाएको छ । “भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना…
Read More
नौमती बाजा बजाउँदै महिला समूह

नौमती बाजा बजाउँदै महिला समूह

११ मङ्सिर,रेसुङ्गा (गुल्मी)। गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थाल्नुभएको छ । सोही ठाउँका वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो । “गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन”, उहाँले भन्नुभयो, “ पुरुष कम हुन थालेपछि हाम्रै समूह…
Read More
बबरमहलमा सञ्चालनमा आयो पैदलयात्रुले बाल्ने ट्राफिक लाइट

बबरमहलमा सञ्चालनमा आयो पैदलयात्रुले बाल्ने ट्राफिक लाइट

११ मंसिर, काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । ‘पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ श्रेष्ठले भने । उनले…
Read More
महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण

महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण

११ मङ्सिर,बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ मन्दिरलाई महायज्ञ आयोजना गरेर सङ्कलन भएको रकमबाट नयाँ स्वरुपमा पुनःनिर्माण गरिएको हो । नवनिर्मित मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठासमेत गरिएको छ । विसं २०६९ मा मङ्सिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो । सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाखको…
Read More
भारतद्वारा रुपन्देहीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

भारतद्वारा रुपन्देहीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडाैं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १.२५ करोड आर्थिक सहयोगमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको आज उपराष्ट्रपति रामसहाय यादवले भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवको उपस्थितिमा औपचारिक उद्घाटन गर्नुभएकाे छ । कार्यक्रममा बोल्दै उपराष्ट्रपतिले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको बताए। भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए। साथै उनले यी परियोजनाले हालैका वर्षमा…
Read More
सामाजिक सुरक्षा दिवस : योगदानकर्ता दम्पतीका सन्तानलाई पनि स्वास्थ्य सुविधा

सामाजिक सुरक्षा दिवस : योगदानकर्ता दम्पतीका सन्तानलाई पनि स्वास्थ्य सुविधा

११ मंसिर, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने भएको छ । हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि समेट्ने भएको हो । छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानकर्ता श्रमिकका सन्ततीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने घोषणा गर्ने उनको सचिवालयले जनाएको छ । गत शुक्रबार बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमा-बुवाले पाएसरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय गरेको  थियो । ‘योगदानकर्ता श्रमिकका दम्पत्तीबाट उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई पनि दिने…
Read More
गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर पक्राउ

गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर पक्राउ

११ मंसिर, धनगढी । गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् । अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए । मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको बताउँदै एसपी पालले नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बताए । अपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभऽ व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए । आइतबार पक्राउ परेपछि पीडीतहरुबाट किटानी जाहेरी माग गर्ने तयारी प्रहरीले गरेको छ…
Read More
निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

११ मङ्सिर,भरतपुर (चितवन) । तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालाको उपस्थिति रहेको थियो । कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा आयोजित बैठकमा विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिनुभएको छ । सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उहाँको भनाइ छ । कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दरकुमार…
Read More
Page 43 of 452
1 … 41 42 43 44 45 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.