समाज

रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

११ मङ्सिर, जाजरकोट। भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएकोे जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।…
Read More
पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

११ मङ्सिर,झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड…
Read More
बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

११ मंसिर, काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । ‘पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ श्रेष्ठले भने ।…
Read More
कमला नदीमा अनौठो भूत मेला

कमला नदीमा अनौठो भूत मेला

११ मंसिर, जनकपुरधाम । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा  एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् । कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने बटेश्वर गाउँपालिकाका धामी मनोज महतोले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्ति शुक्ल पूर्णिमाको दिन स्नान गर्ने…
Read More
दर्जन सरकारी कार्यालय गुमाएको धरान

दर्जन सरकारी कार्यालय गुमाएको धरान

११ मंसिर, काठामाडाैँ । साठीको दशकसम्म जनसहभागिताको आधारमा विकासको मोडेल प्रयोग गर्ने र अरू पालिकाहरूका लागि पनि नमूना बनेको धरान अहिले आफैं थला परेको छ । एकताका पूर्वको पर्यटकीय शहर, पूर्व गोर्खा सैनिकहरूले सजाएको शहर भनेर चिनिएको धरानले विकास निर्माणको सन्दर्भमा पछिल्लो समयमा घसि्रन समेत सकेको छैन, छिमेकी पालिकाहरूले फड्को मार्दा । पचासको दशकमा धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र सांस्कृतिक विविधताको नमूना नगर बनाउने भनेर २०वर्षे दीर्घकालीन योजना बनाएको थियो । गुथ्नलाई उपमहानगरपालिकाको पगरीको फेटा भिरेको छ तर प्रदेश र संघीय सरकारबाट गतिलो योजना र बजेट प्राप्त गर्ने हैसियत बनाउन सकेको छैन । उपमहानगरपालिकाको समग्र आन्तरिक आय वाषिर्क रूपमा…
Read More
रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा

रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ । बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए । महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएक छाै :अध्यक्ष बाेहाेरा

नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएक छाै :अध्यक्ष बाेहाेरा

१० मंसिर,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही नगरपालिका लार्इ पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएको छ । हाल यस नगरपालिकाको पूर्वमा राप्ती गाउँपालिका,…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मगर

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मगर

१० मंसिर ,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको कुल जनसंख्या ५८,८८४ रहेको छ । जसमा पुरूषको संख्या २८,२५७ र महिलाको जनसंख्या ३०,३२७ रहेको छ । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही…
Read More
ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

९ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् । कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए । उनी बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र र्‍यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो । राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए । विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष…
Read More
माडीमा चक्रशिला स्थापना

माडीमा चक्रशिला स्थापना

१० मङ्सिर,भरतपुर (चितवन) । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो । उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताउनुभयो । उहाँले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताउनुभयो । शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका…
Read More
Page 44 of 452
1 … 42 43 44 45 46 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.