थारु नाच संरक्षणमा युवा
२५ पाैष,तुलसीपुर । तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै हुनुहन्छ । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न जुटेका हुन् । “हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, स्थानीयवासी चौधरीले भन्नुभयो, “यस वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।” योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच पनि नाच्दैनथे । परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गएको अवस्था भएपछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उहाँको भनाइ थियो । त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि थारुको पोसाकमा सजिनुभएको थियो । युवतीहरुले पनि आफ्नै…
