समाज

हवाई भाडा घट्यो

हवाई भाडा घट्यो

२५ पाैष,काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय…
Read More
बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ

बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ

२५ पाैष, काठमाडाैं ।   थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य(पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने बर्दिया, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो। यो जातिलाई नेपाल सरकारले लोकजातिको रूपमा मान्यता पनि दिएको छ । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति पनि हो। भाषा संस्कृतिका धनी यो जाती परम्परागतरूपमा परापूर्वकालदेखि आफ्नै समाज र परिवेशमा रमाउने तथा मनोरञ्जन गर्ने गर्दछ। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो, थारुको प्रमुख पर्वहरु माघी, जितिया, दशैँ, सोहराई, हरेरी पुजा, यम्वासा, पुुस पन्ध्र, खिचरा, होरी, सिरुवा,…
Read More
हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

२५ पाैष,सिमकोट । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका कर्णालीका हिमाली जिल्लामा सरकारले हिउँदे बिदा दिँदै आएका छन् । जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे बिदा हुन्छ भने फागुन २ गतेबाट सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् । पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मङ्सिरमै जाडो…
Read More
सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि

सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि

२५ पाैष,मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा एक सय ३७ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ । यही अवधिमा दुर्घटनाबाट ८२ गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् । गत आव २०७८-७९ मा ९५ दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको थियो । चालु आव २०७९÷८० को पाँच महिनामा ३६ सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको कार्यालय प्रमुख…
Read More
क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

२५ पाैष,काठमाडौँ । ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो ।परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिनुभयो । “ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो ।पक्राउ परेका उनलाई…
Read More
कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै

कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै

२५ पाैष,जुम्ला । गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पु¥याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि रु दुई अर्बको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ । सो बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुुख श्रेष्ठको भनाइ छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले…
Read More
खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

२५ पाैष,सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताउनुभयो । यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने…
Read More
अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

२५ पाैष,गलकोट । बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ । जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ । कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग विसं २०३० मा खेतमा भेटिएपछि स्थानीयले पुनः बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन् । जैमिनी…
Read More
प्रहरीलाई स्थानीयस्तरमै पुर्नताजकी तालिम

प्रहरीलाई स्थानीयस्तरमै पुर्नताजकी तालिम

२५ पाैष,रसुवा । हिमाली जिल्ला रसुवामा कार्यरत नेपाल प्रहरीलाई स्थानीयस्तरमै पुर्नताजकी तालिम प्रदान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी हवल्दार एवं सहायक हवल्दर र जवानका लागि भीड नियन्त्रणसम्बन्धी पुर्नताजकी तालिम प्रदान गरिएको हो । कार्यालयले पहिलो चरणमा दक्षिणी रसुवाको कालिकास्थान प्रहरीचौकी परिसरमा २७ सुरक्षाकर्मीलाई तालिम प्रदान गरेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिनुभयो । क्रमिकरूपमा यस्ता तालिम प्रदान गरिने उहाँले बताउनुभयो । “पहिला–पहिला तालिम लिन जिल्ला बाहिर जानुपथ्यो । अहिले कार्यालयमै दक्ष र अनुभवी जनशक्ति छन् । उनीहरुबाटै स्थानीयस्तरमै तालिम गर्न लागेका हौ । ” उत्तरी क्षेत्रको टिमुरे, थुमन, लाङटाङ, स्याफ्रुबेँसी, चिलिमे, हाकु, धुञ्चे, ग्राङ, दक्षिणी रसुवाको…
Read More
पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी

पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी

२५ पाैष,बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उहाँले हरेक महिना चार-पाँच खसी बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो ,“बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उहाँका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम…
Read More
Page 431 of 452
1 … 429 430 431 432 433 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.