समाज

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास

२४ पाैष,गण्डकी ।  पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक। नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन् । चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट रू ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल…
Read More
आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

२४ पाैष,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो । यसअघि गत सोमबार गृहमन्त्री…
Read More
हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

२४ पाैष,झापा । जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र स्थानीय जङ्गलमा बस्ने दर्जनौ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबारको उपाय प्रयोगमा ल्याइएको हो । एक दशकअघि सबैभन्दा पहिला तत्कालीन बाहुनडाँगी गाउँविकास समितिको भारतसँग सीमा जोडिएको मेची नदीको किनारमा १८ किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको थियो ।“उतिबेला निर्माण गरिएको विद्युतीय बारलाई मर्मत गर्दै अहिलेसम्म प्रयोगमा ल्याइएको छ,” मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की भन्नुहुन्छ–“ब्याट्री डाउन भएको र तार बिग्रिएको रहेछ…
Read More
बेसहाराको सहारा बन्यो तमानखोला

बेसहाराको सहारा बन्यो तमानखोला

२४ पाैष,ढोरपाटन । तमान गाउँको एउटा सानो घर । घर वरपर हरेक दिन स-साना बालबालिका खेल्दै गरेका भेटिन्छन् । गत असारदेखि यो घर ३१ जना बालबालिकाका लागि आफ्नो घर बनेको छ । आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरुको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ । तमानखोला गाउँपालिका–३ तमानगाउँमा घरभाडामा लिएर पालिकाले बालगृह सञ्चालन गरेपछि उनीहरु यहाँ आइपुगेका हुन् । भौगोलिक विकटताका बाबजुत पनि गाउँपालिकाले अघिल्लो वर्ष बालविवाह न्यूनिकरणदेखि जङ्क फुडरहित विद्यालय बनाउने अभियान सुरु गरेको थियो भने यसवर्ष भने बालगृह सञ्चालनमा ल्यायोको हो । बालगृह सञ्चालनमा आएपछि बालबालिका खुसीका साथ बस्न र पढ्न पाएका छन् । बालगृहमा कक्षा १…
Read More
कपिलवस्तका ३३ क्रसर उद्योग बन्द

कपिलवस्तका ३३ क्रसर उद्योग बन्द

२४ पाैष,कपिलवस्तु । जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि…
Read More
प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

२४ पाैष,कपिलवस्तु (बुद्धभूमि) । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेल हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाउनुभएका उहाँ पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाउनुभएको छ । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गर्नुभएका उहाँले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसक्नुभएको छ । उहाँले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाउनुभएको छ ।“प्राध्यापन पेसा छाडिसकेको छु”, उहाँले भन्नुभयो, “पूर्णरुपमा यसैमा लाग्ने योजनाका साथ एक हजार घारमा मौरी पालन गर्ने योजना बनाएको छु ।” ‘माउण्टेन बि कन्सर्न’ कृषि फार्ममार्फत् उहाँ अहिले ‘माउण्टेन अर्जुनादी हनी’ उत्पादन…
Read More
नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

२४ पाैष,भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरपालिकाले संयुक्त बजेट लगानी गर्ने भएका छन् । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाबीचको विवाद दीर्घकालीनरुपमा समाधान गरिएको छ । अब नगरकोटको विकासमा एकमत भएर लाग्ने दुवै नगरपालिका सहमत भएका हुन् । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगरपालिका संयुक्तभएर कार्य गर्ने सहमति भएको चाँगुनारायण नगरपालिकाकाका प्रमुख जीवन खत्रीले राससलाई जानकारी दिनुभयो ।चार वर्ष अगाडि नगरकोटमा चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेकामा मण्डनदेउपुर नगरपालिकाले पनि…
Read More
आलेख :मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

आलेख :मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

२४ पाैष,रुपन्देही । सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु¥याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् ।सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले समिताको विश्वास जितेर देह व्यापारका लागि फकाइफुल्याई भारत पु¥याए । भारतको पुनेमा लगेर समितालाई कोठामै बन्धक बनाएर राखे । तब मात्रै समिताको होस् खुल्यो । समिता चिच्याउने रुने गर्न थालेपछि ती युवकले समितालाई औषधि खुवाएर राखे । यता उनको पत्तो नपाएपछि गुल्मीका उनका परिवारले खोजतलास सुरु गर्न थाले ।…
Read More
पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन

पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन

२४ पाैष,पर्वत । पर्वत जिल्लामा करोडाैँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालनमा भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधँै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन् । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा…
Read More
सप्तरीमा डेढ सय विद्यार्थी एउटै कक्षामा राखेर पठनपाठन

सप्तरीमा डेढ सय विद्यार्थी एउटै कक्षामा राखेर पठनपाठन

२४ पाैष,गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन् । शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताउनुभयो । सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १…
Read More
Page 433 of 452
1 … 431 432 433 434 435 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.