समाज

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

२२ पाैष,गण्डकी । प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताउनुभयो । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार…
Read More
व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

२२ पाैष,उदयपुर । जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् । जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई गाउँपालिकाको रौता, आपटार, त्रियुगा नगरपालिकाको साउने, खाँबु तथा उदयपुरगढी गाउँपालिकाको भलयाडाँडा र डुम्रेजस्ता पहाडी क्षेत्रमा अहिले व्यावसायिकरुपले बेसार खेती विस्तार हुँदै गएको हो । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली कटारी नगरपालिकाको सिरीसे, सोरङछबीसे, हर्देनी, मयङखु र ताप्लीको मादले, ठानागाउँ क्षेत्रमा पनि अहिले व्यापकरुपमा बेसार खेती विस्तार हुँदै गएको त्यहाँका कृषक बताउँछन् । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने, रौतामाई गाउँपालिकाको आँपटार, चिसापानी, सल्ले, पोखरे, उदयपुरगढी…
Read More
बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन

बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन

२२ पाैष,राजापुर  ।  बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको छ । बाल सचेतना कार्यक्रमअन्तर्गत वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको हो । राजापुर नगरपालिकाको आयोजनामा तथा १० वटै वडा को समन्वय कार्यक्रम वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको ७ नम्बर वडाका वडा सचिव प्रकाश ‌‍ओलीले बताउनुभयो । उहाँका अनुसार वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन कार्यक्रम वडा नम्बर ७ मा भएको हो । उहाँले भन्नुभयो, 'बालबालिकाको समग्र विकासको लागि वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन गरिएको हो। त्यसैगरी महिला बालबालिका शाखा राजापुरबाट रिता थारु…
Read More
भूमिगत सिँचाइ प्रणाली उद्घाटन

भूमिगत सिँचाइ प्रणाली उद्घाटन

२२ पाैष,चितवन । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो । रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकीकरण गर्ने क्रममा सिँचाइ प्रणाली आवश्यक रहेको बताउनुभयो । महानगरले अहिलेसम्म पाँच सय ६२ स्यालो ट्युवेल निर्माण गरिदिएको उहाँले बताउनुभयो । यस वर्ष पनि महानगरबाट एक सय वटा स्यालो ट्युवेल वितरण गर्ने उहाँले जानकारी दिनुभयो । सिँचाइको अभावमा स्थानीयले खेप्नु परेको समस्या…
Read More
भू–वर्गीकरणको काम नहुँदा समस्या

भू–वर्गीकरणको काम नहुँदा समस्या

२२ पाैष,बैतडी । जिल्लामा भू–वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको छ । छ महिनाभित्र सक्नेगरी ‘भू–उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएकामा तोकेको समय सीमा सकिएकाले ऐनको अभावमा हालसम्म कुनै पनि स्थानीय तहले जग्गाको वर्गीकरण थालेका छैनन् । स्थानीय तहहरुले भू–वर्गीकरणको काम नथाल्दा व्यवहारिक तथा व्यावसायिक कामका लागि जग्गाको कित्ताकाट गर्नुपर्ने सेवाग्राहीलाई समस्या भएको छ । मङ्सिर महिनाभित्रै भू–वर्गीकरण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म एउटा पालिकाले पनि भू–वर्गीकरणको काम नगर्दा समस्या भएको सिगासका भू–सेवा व्यवसायी पदम रोकायाले बताउनुभयो । स्थानीय तहहरुले भू–वर्गीरकरण नगरेकै कारण अशंबण्डा, कित्ताकाटलगायत काम रोकिएका छन् । उहाँले भन्नुभयो, “नियमावली कार्यान्वयनमा नआउँदा…
Read More
सुई नसर्ने घण्टाघर

सुई नसर्ने घण्टाघर

२२ पाैष,सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा कसैले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्दैनन् । बाह्र वर्षअघि घण्टाघरका घडीमा टिङटिङ टिङटिङ आवाज आउँथ्यो । सोही आवाज सुनेर कति बज्यो भनेर थाहा पाउँथे । बाटो हिँड्ने बटुवा, घण्टाघर हेर्न पुगेका…
Read More
सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ ः प्रधानमन्त्री

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ ः प्रधानमन्त्री

२२ पाैष,काठमाडौँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा राख्दै यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट गर्नुभएको थियो । सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीहरुले उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए । सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको…
Read More
आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो

२२ पाैष,काठमाडौँ । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु-कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू–भागमा हुस्सु-कुहिरो लागिरहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ…
Read More
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२२ पाैष,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गर्नुभएको छ ।
Read More
एक महिने स्वस्थानी व्रत आरम्भ

एक महिने स्वस्थानी व्रत आरम्भ

२२ पाैष,काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै,…
Read More
Page 435 of 452
1 … 433 434 435 436 437 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.