फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने
२१ पाैष,काठमाडौँ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ नारासहित महासङ्घले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रर्वद्धन गरी मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी प्रदर्शनी सञ्चालन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र…
