समाज

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

२० पाैष,चितवन । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो । बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका…
Read More
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

२० पाैष,काठमाडौँ । काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौँ जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो । अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र रु ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल…
Read More
कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

२० पाैष,चन्द्रौटा । कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो । खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताउनुभयो । कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताउनुभयो । महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उहाँले कृषकबीचको प्रतिस्पर्धाले आगामी…
Read More
आगलागी हुँदा दुई पसलमा क्षति

आगलागी हुँदा दुई पसलमा क्षति

२० पाैष,चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।
Read More
ब्राउनसुगरसहित चार पक्राउ

ब्राउनसुगरसहित चार पक्राउ

२० पाैष,बनियानी । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई–५ का २२ वर्षीय गौरव चुडाल र कनकाई–४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट तीन ग्राम सात सय मिलीग्राम ब्राउनसुगर एक थान डिजिटल तराजु बरामत गरेको थियो । त्यस्तै काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी…
Read More
‘थारु समुदायमा माघीको रौनक सुरु’

‘थारु समुदायमा माघीको रौनक सुरु’

१९ पौष, काठमाडौं । नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी छन्। पौष महिनाको सकिँदै गर्दा माघ महिनाको आगमनसँगै नेपालमा माघ महिनाको विशेष महत्व छ। नेपालमा धेरै बसोबास हिन्दू धर्मावलम्बीहरू भएकाे कारणले माघ महिनाकाे विशेष महत्व छ । याे महिनालाई धार्मिक महिनाको रूपमा पनि लिने गरिन्छ। माघ महिनाकाे सबै जातजातीमा आ-आफ्नो महत्व रहेको छ। साथैं बाँके, बर्दिया लगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक यतिबेला देखिन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। बर्दिया राजापुर वडा नम्बर ७ का वडाध्यक्ष रामु थारुले भन्नुभयाे, 'अहिले राजापुर माघीमय बनेकाे छ। थारू बाहुल्यता भएका यस ठाउँमा माघ महिनाकाे विशेष महत्व…
Read More

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

१९ पौष, काठमाडौँ । मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उहाँको भनाइ छ । वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा÷रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टि/म्स्कु/मार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ । यसैगरी मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले…
Read More
आज हल्का हिमपातको सम्भावना

आज हल्का हिमपातको सम्भावना

१९ पाैष,काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम…
Read More
बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

१९ पाैष,टीकापुर । कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ । उहाँले भन्नुभयो “छोराले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन ।” बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चितिन्त बन्न थालेका छन् । करनजस्तै हरि चौधरीलाई पनि यस्तै तनाव…
Read More
सालको काठ तस्करी बढ्यो

सालको काठ तस्करी बढ्यो

१८ पाैष,त्रिशूली । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीयवासी चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ । उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिनुभयो । त्यस लगत्तै यही शनिबार राति ककनी…
Read More
Page 438 of 452
1 … 436 437 438 439 440 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.