समाज

खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह

खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह

१८ पाैष,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताउनुभयो । सम्भाव्यता अध्ययनपछि आवश्यकताका आधारमा मात्र बहुतले भवन निर्माण गरिने उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक एवं खुला स्थानको संरक्षण गरिनुपर्नेमा महानगर दृढ रहेको बताउनुभयो । पार्किङका लागि अन्य विकल्प पनि भएको विषयमा पनि छलफल भइरहेको उपप्रख डङ्गोलको भनाइ थियो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास…
Read More
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

१८ पाैष, काठमाडाैँ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उहाँको भनाइ थियो । वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा÷रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्÷टिम्स्÷कुमार÷सिएभी÷क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ । यसैगरी मण्डिखाटार क्षेत्रमा…
Read More
भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

१८ पाैष, भक्तपुर । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो । नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हँुदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताउनुभयो । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक…
Read More
जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक

१८ पाैष, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णताः दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पु¥याइएको छ । यस भिरमा मात्रै सडक निर्माण गर्न तीन वर्ष…
Read More
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी

१८ पाैष, पाेखरा । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको उहाँको भनाइ छ । पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताउनुभयो । पोखरा मात्र हैन विमानस्थलबाट समदूरीमा पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथको क्षेत्रको पर्यटन विकाले अब द्रुतगति लिनेमा विश्वास व्यक्त गर्नुभयो । “अब यहाँ आउने पर्र्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा…
Read More
दूधको मूल्य बढाउन किसानको माग

दूधको मूल्य बढाउन किसानको माग

१८ पाैष, चितवन । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताउनुभयो । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताउनुभयो । उहाँले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गर्नुभयो…
Read More
अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

१७ पाैष,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ । सो अवसरमा सचिव शर्माले गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण…
Read More
भक्तपुरमा भरिभराउ पर्यटक

भक्तपुरमा भरिभराउ पर्यटक

१७ पाैष,भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका कारण यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटककै चाप थेगिनसक्नु भएपछि व्यवसायी उत्साहित भएका हुन् । अंग्रेजी नयाँवर्ष, २०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिएका छन् । बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न पर्यटकको…
Read More
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए

लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए

१७ पाैष,दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ । ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नुहुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण…
Read More
गुमेको जग्गा फिर्ता पाएपछि किसानमा खुसीयाली

गुमेको जग्गा फिर्ता पाएपछि किसानमा खुसीयाली

१७ पाैष,धनुषा । नदीको बहाव परिवर्तन हुँदा खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाएका छन् । मधेश प्रदेशको धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका भएर बग्ने जमुनी नदीले आफ्नो बहाव परिवर्तन गर्दा नदीको सिमाना नै भारततर्फ गएपछि एक दर्जन बढी किसानले खेतीयोग्य जग्गा गुमाउनु परेको थियो । अहिले ती किसान गुमाएको जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा निकै खुसी भएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं २८८ देखि २८९-८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सीमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसान पुनः आफ्नो जग्गा उपभोग गर्न पाउँदा निकै…
Read More
Page 439 of 452
1 … 437 438 439 440 441 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.