‘फेसबुक चलाउने घटे, टिकटक चलाउने बढ्दै’

Share Icon

२४ पाैष, काठमाडौं । सन् २०२२ मा सबैभन्दा बढी डाउनलोड हुने एप्समा टिकटकले पहिलो स्थान लिएको छ।

सन् २०२१ को तुलनामा यो वर्ष फेसबुक २५ प्रतिशत कम भएको छ। अमेरिकामा पनि सबैभन्दा बढी डाउनलोड भएका एप्सका सूचीमा टिकटक नै बनेको छ।

टिकटकपछि इन्स्टाग्राम दोस्रो स्थानमा छ। त्यसपछि तेस्रो, चौथो, पाँचौ, छैटौ, सातौ, आठौं, नवौं र दशौंमा क्रमशः ह्वाटस्एप, क्यापकट, स्न्यापच्याट, टेलिग्राम, सबवे सफर, फेसबुक, स्टम्बल गाइज र स्पोटीफाइ रहेका छन्।

सन् २०२१ मा जस्तै २०२२ मा पनि गेमिङ एप्स बढी डाउनलोड हुनेमा परेका एपटोपियाले उल्लेख गरे‍को छ।

डाउनलोडका हिसावले फेसबुक आठौ स्थानमा पुगेपनि मेटाकै अर्को एप्स इन्स्टाग्राम र ह्वाटस्एपले दोस्रो र तेस्रो स्थान लिन सफल छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.