निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा उप्रेती
१६ असोज,काठमाडौं । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्वाचन आयोगले गरेको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल ल क्याम्पससँगको सहकार्यमा गरेको अध्ययनमा हालको निर्वाचन प्रकृया र प्रणाली दुवैमा थप सुधार अतिआवश्यक रहेको सुझाव दिइएको छ । राष्ट्रियसभा, राष्ट्रिय सारोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञकारुपमा प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले हालको निर्वाचन प्रणालीको प्रभावकारीता र निर्वाचन व्यवस्थापन एवं सञ्चालनलाई स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन अत्यन्त जरुरी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको प्रणालीभित्रै ऐन र नीतिमा गरिमार्जन गरेर वा राजनीतिक सहकार्य, व्यापक राष्ट्रिय…
