समाज

नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

१२ कात्तिक, राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो । उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका…
Read More
चिल्लागढधाममा फाल्गुनन्दको सालिक निर्माण

चिल्लागढधाममा फाल्गुनन्दको सालिक निर्माण

१२ कात्तिक, बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको सालिक निर्माण गरिएको छ । शिवसताक्षी–९ स्थित चिल्लागढमा रु ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका सालिक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिनुभयो । पूर्णकदको ढुङ्गाका सालिक र सालिक राख्ने स्थानलगायतका संरचनासमेत निर्माण गरिएको उहाँले बताउनुभयो । किरात धर्म साहित्य उत्थान सङ्घका अध्यक्ष डिकेन्द्रसिंह थेगिमले आगामी कात्तिक २५ गते फाल्गुनन्दको एक सय ३९औँ जन्मजयन्तीका अवसरमा एक लाख आठ हजार एक सय आठ दीप प्रज्ज्वलन गरी सालिक अनावरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “चिल्लागढधामको प्रचार–प्रसारको जरुरी रहेको छ ।”
Read More
दशैंमा पाथीभरामा २५ हजार बढी मानिसले गरे दर्शन

दशैंमा पाथीभरामा २५ हजार बढी मानिसले गरे दर्शन

१२ कात्तिक,फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् । दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा…
Read More
खैरहनीमा तटबन्ध अभियान

खैरहनीमा तटबन्ध अभियान

१२ कात्तिक,चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख बजार क्षेत्र र पर्सासहित प्रायः सम्पूर्ण भाग वर्षात्को समयमा डुब्ने समस्या समाधान गर्न तटबन्ध अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले आन्तरिकसहित सङ्घीय र अन्य निकायबाट समेत बजेट जुटाएर अभियानकै रूपमा तटबन्ध थालेको हो । नगरप्रमुख शशिकुमार खनियाका अनुसार आगामी दिनमा मुख्य बजार क्षेत्रसहितका बस्ती डुबान रोक्ने गरी काम भइरहेको छ । नदी तटबन्ध गर्दैगर्दा नदी किनारका सडकसमेत निर्माण गरिएको छ । यो संरक्षण र पर्यटनका हिसाबले महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँका अनुसार पर्सा बजारमा हरेक वर्ष डुबान गर्ने लदरी, ढुङ्ग्रे, बुढीराप्ती, इचर्नी खोला र मगनी घोलमा तटबन्ध र आरसिसी पर्खालको…
Read More
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउने

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउने

१० कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका लागि यहि कार्तिक १२ गते आइतबार काठमाडौं आउनु हुने भएकाे छ । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्य तालिका रहेकाे छ। उहाँले कार्तिक १४ गते मंगलबार संघीय संसदकाे बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेकाे छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै महासचिव गुटेरेस  लुम्बनी र पोखरा समेत जानुहुने भएकाे छ।
Read More
कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

१० कात्तिक, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे । उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो ।
Read More
प्रधान सेनापति शर्मा आज चीन प्रस्थान

प्रधान सेनापति शर्मा आज चीन प्रस्थान

१० कार्तिक, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ जानुभएकाे छ। बेइजिङ जानु अघि प्रधान सेनापति शर्मालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका हुन् । शुक्रबार नै प्रधान सेनापति शर्मालाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ । चीन भ्रमणका क्रममा प्रधान सेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनुहुने भएकाे छ। उहाँको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ…
Read More
नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । यूएईले  जबाफी ब्याटिङ गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । नेपालको सुरुवात ठीकै थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए । आक्रमक पारी खेलिरहेका कुशललाई साथ…
Read More
घाँस काट्ने क्रममा भीरबाट लडेर कलाकार घिमिरे गम्भिर घाइते

घाँस काट्ने क्रममा भीरबाट लडेर कलाकार घिमिरे गम्भिर घाइते

१० कात्तिक,काठमाडाैँ। नेपाली फिल्मका सर्वाधिक व्यस्त कलाकार प्रकाश घिमिरे घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका छन् । आज बिान साढे ९ बजे नदीपुर–३ मा घाँस काट्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको अहिले मणिपाल अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था केही गम्भिर रहेको बताइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक संजालमा स्टाटस लेख्दै कलाकार घिमिरेको शिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् । उनको अहिले अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ । कलाकार घिमिरे अभिनित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ हाल हलमा चलिरहेको छ । उनलाई दर्शकले ‘पशुपति प्रसाद’का ‘मित बा’ भनेर समेत…
Read More
आफ्नाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्छु : वडा अध्यक्ष लामा

आफ्नाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्छु : वडा अध्यक्ष लामा

१० कात्तिक, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू  समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ ।कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला यसै गापामा…
Read More
Page 77 of 452
1 … 75 76 77 78 79 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.